विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज २१, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालगञ्ज वितरण केन्द्रले सडक बत्तीको २७ करोड ८२ हजार ३६५ रूपैयाँ महसुल उठाउन बाँकी रहेका देखिएको छ । २०८१ असार मसान्तसम्म केन्द्रलाई स्थानीय ५ वटा पालिकाले उक्त रकम बराबरको महसुल नबुझाएको केन्द्रको विवरणमा उल्लेख छ । 

ती पालिकाहरूले कुल २१ करोड ५६ लाख २४ हजार ६५४ रूपैयाँ महसुल बक्यौता राखेको र त्यसमा ५ करोड ४४ लाख ५७ हजार ७१० रूपैयाँ जरिवाना लागेपछि बक्यौता रकम बढेको केन्द्रले जनाएको छ । 

बक्यौता नबुझाउने पालिकाहरूमध्ये नेपालगञ्ज उप महानगरपालिकाले जरिवाना सहित सबैभन्दा बढी २० करोड ५९ लाख ५६ हजार ६०४ रूपैयाँ बुझाउन बाँकी छ । त्यस्तै, डुडवा गाँउपालिकाले ४ करोड ३९ लाख ४७ हजार ८९७ रूपैयाँ बुझाउन बाँकी छ । 

त्यस्तै, खजुरा गाँउपालिकाले १ करोड ६ लाख १९ हजार ९९७ रूपैयाँ, जानकी गाँउपालिकाले ७५ लाख ८५ हजार ७८४ रूपैयाँ र नरैनापुर गाँउपालिकाले १९ लाख ७२ हजार ८० रूपैयाँ बक्यौता बुझाउन बाँकी छ । 

बक्यौता नबुझाउने पालिकाहरूको विद्युत् सेवा कटौती गरेर कारवाही गरिने केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताए । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३