विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भैरवकुण्ड हाइड्रो पावर कम्पनीले विभिन्न पदमा ५ कर्मचारी मागेको छ । कम्पनीले सिन्धुपाल्चोकमा सञ्चालित ३ मेगावाटको भैरव कुण्ड जलविद्युत केन्द्रमा खटाउने गरी कर्मचारी मागेकाे हाे । 

१ जना इलेक्ट्रिकल इन्जिनियरको पदपूर्ति गर्न कर्मचारी मागिएकाे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इन्जिनियर पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रिक इन्जिनियरिङ विषयमा स्नातक तह उतिर्ण गरेको र जलविद्युत उत्पादन तथा प्रसारण सम्बन्धी क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव प्राप्त हुनुपर्नेछ ।

यस्तै, इलेक्ट्रिकल ओभरसियर र सिभिल ओभरसियरका लागि पनि १/१ जना कर्मचारी मागिएकाे छ । याे पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषयमा डिप्लोमा उतिर्ण गरेको र जलविद्युत उत्पादन तथा प्रसारण क्षेत्रमा कम्तीमा १ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।

१ जना लेखापाल र १ जना प्रशासन सहायकको पदपूर्ति गर्न समेत कर्मचारी मागिएकाे छ । याे पदमा याेग्य हुन मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा १ वर्षको कार्य अनुभव प्राप्त गरेको हुनुपर्ने उल्लेख छ ।

इच्छुक योग्य व्यक्तिले आगामी सोमबार (बैशाख १३ गते) सम्म आवेदन दिन सक्नेछन् । आवेदकले बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित आवेदन बुझाउनुपर्नेछ ।

आवेदकमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यानुभव भएकाले रोजगारीको अवसर पाउनेछन् । योग्य आवेदकले ललितपुरको कुसुन्तीमा रहेको कम्पनीको कार्यालयमा गएर आवेदन बुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit