विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लाङटाङ भोटेकोसी हाइड्रो पावर कम्पनीले विभिन्न प्राविधिक पदमा कर्मचारी मागेको छ । कम्पनीले रसुवामा निर्माण हुन लागेकाे १२० मेगावाटको रसुवा भोटेकोसी जलविद्युत आयोजनामा खटाउने गरी १२ जना कर्मचारी मागेकाे हाे ।

कम्पनीले आयाेजना प्रमुख, उप–प्रमुख, प्रशासन प्रमुख पदमा कर्मचारी मागेकाे छ । यी पदमा १/१ जनाले नियुक्ति पाउने कम्पनीले जनाएकाे छ ।

आयोजना प्रमुखका लागि  आवेदन दिन सम्बन्धित क्षेत्रमा १० वर्ष काम गरेकाे अनुभव मागिएकाे छ । उप–प्रमुख पदका लागि ७ वर्षको अनुभव भएको हुनुपर्नेछ । दुवै पदका लागि चिनियाँ तथा अंग्रेजी भाषााकाे राम्राे ज्ञान भएका आवेदककाे छनाेट हुने सम्भावना बढी हुने कम्पनीले जनाएकाे छ ।

यस्तै, प्रशासन प्रमुख पदमा आवेदन दिन सम्बन्धित क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने सूचनामा जनाइएकाे छ । आयाेजनामा खटाउने गरी ३ जना सिभिल इन्जिनियर, २ /२ जना इलेक्ट्रिक इन्जिनियर  तथा मेकानिकल इन्जिनियर पनि मागिएकाे छ । यी पदमा आवेदन दिन सम्बन्धित क्षेत्रमा ४ वर्षको अनुभव भएको हुनुपर्नेछ ।

१ जना भाषा अनुवादक र १ जना लेखापाल मागिएकाे छ । यसका लागि पनि सम्बन्धित क्षेत्रमा ३ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । 

योग्यता पुगेका इच्छुक व्यक्तिले आफ्नो वायोडाटा, कार्यानुभवको प्रमाणपत्र र पासपोर्ट साइटको फोटोसहित आवेदन दिनुपर्नेछ ।याेग्य आवेदकले कम्पनीको इमेल [email protected] मा शुक्रबारभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit