विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माण सम्पन्न जलविद्युत आयोजनाबाट आर्थिक वर्ष २०७७/७८ मा करिब ३ अर्ब रुपैयाँ रोयल्टी संकलन भएको छ । देशका विभिन्न जिल्लामा पहिचान भई निर्माण पूरा गरी सञ्चालनमा रहेका आयोजनाले सरकारलाई रोयल्टी बुझाएका हुन् ।

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका २० सहित १०२ जलविद्युत आयोजनाले जडित क्षमता र विद्युत बिक्री बापतको २ अर्ब ८३ करोड ३१ लाख ४२ हजार रुपैयाँ रोयल्टी तिरेको विद्युत विकास विभागले जनाएको छ । विभागका अनुसारका ५४ करोड ३४ लाख १४ हजार रुपैयाँ सञ्चालनमा रहेका जलविद्युत आयोजनाको जडित क्षमताको रोयल्टी रकम रहेको छ ।

२ अर्ब २८ करोड ९७ लाख २८ हजार रुपैयाँ जलविद्युत आयोजनाको विद्युत बिक्री बापत संकलन भएको रोयल्टी रकम हो । नेपाल विद्युत प्राधिकरणले २० जलविद्युत आयोजनाको १ अर्ब ५५ करोड ६० लाख ५४ हजार रुपैयाँ रोयल्टी बुझाएको छ ।

प्राधिकरणले विद्युत बिक्री वापतको १ अर्ब १३ करोड ८२ लाख ७२ हजार रुपैयाँ र जडित क्षमता वापत ४१ करोड ७७ लाख ८२ हजार रुपैयाँ रोयल्टी बुझाएको विभागले जनाएको छ ।

प्राधिधकरणले सबैभन्दा १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रको रोयल्टी बुझाएको छ । यो केन्द्रले ५९ करोड १४ लाख २९ हजार रुपैयाँ रोयल्टी तिरेको छ । यस्तै, सबैभन्दा कम १.०२४ मेगावाटको तिनाउ जलविद्युत केन्द्रले १९३३ रुपैयाँ बुझाएको विभागले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit