विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार १४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

लमजुङ । संघीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथिको विद्युत्  खपतमा ५ प्रतिशत कर लगाउने तयारी गरेका बेला लमजुङको मर्स्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ ।

मर्स्याङ्दी गाउँपालिकाले पालिकाका स्थानीयलाई आगामी आवदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क दिने भएको हो । मर्स्याङ्दीले आगामी आवको नीति तथा कार्यक्रममा प्रत्येक घरलाई ५० युनिट विद्युत् निःशुल्क प्रस्ताव गरेर २१औँ गाउँसभाले पारित गर्दै लागू गर्न लागेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार गाउँपालिकाले आगामी आवको नीति तथा कार्यक्रममा ‘जलविद्युतको आम्दानी, उज्यालो मर्स्याङ्दीमा लगानी’ कार्यक्रमअन्तर्गत उपभोक्ताले मासिक ५० युनिटसम्मको विद्युत् महसुल निःशुल्क पाउने व्यवस्था गरेको हो । यसका लागि गाउँसभा बाट ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष गुरुङले बताए ।

गाउँपालिकाका अनुसार पालिकाका ९ वटै वडामा गरी ४ हजार ४०९ घरपरिवार रहेका छन् । गाउँपालिकाले आगामी आवमा विद्युत् रोयल्टीबाट करिब ४ करोड आम्दानी हुने अनुमान गरेको छ । पालिकाभित्रका हाइड्रोपावरबाट आएको रोयल्टीमध्येबाट उक्त युनिटसम्मको बिजुली गाउँपालिकाले बिजुली महसुल तिर्ने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिए ।

यस गाउँपालिकाभित्र ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनासहित ८ वटा  विभिन्न आयोजनाबाट करिब १०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । बेँसीसहर नगरपालिकासँग जोडिनेगरी ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युतलगायतका आयोजना निर्माणाधीन अवस्थामा छन् । उत्पादन बढेसँगै गाउँपालिकाको रोयल्टी आम्दानी पनि बढ्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष गुरुङका स्वकीयसचिव तथा स्थानीय प्रदीप गुरुङले गाउँपालिकाले लागू गर्न लागेको स्थानीयलाई निःशुल्क ५० युनिटसम्मको बिजुली गाउँपालिकाका ९० प्रतिशत नागरिकले सो युनिटभन्दा पनि कम बिजुली बाल्ने गरेको बताए । पालिकामा अधिकांश ग्रामीण क्षेत्र रहेकाले उद्योगधन्दा न्यून छ, बिजुलीको प्रयोग पनि कम हुँदा उक्त प्रतिशतका स्थानीयले सम्भवतः एक रुपैयाँ पनि महसुल खर्च गर्नु नपर्ने देखिएको उनको भनाइ छ ।

हालसालै सम्पन्न मर्स्याङ्दी गाउँपालिकाको २१औँ गाउँसभा बैठकले आव २०८३८४ का लागि रु ६८ करोड ७३ लाख १८ हजार ५०० को बजेट सार्वजनिक गरेको छ । यस गाउँपालिकामा १८ हजार ७५९ जनसङ्ख्या रहेको गाउँपालिकाले जनाएको छ । ५० युनिटसम्म बिजुली निःशुल्क हुने भएपछि स्थानीय हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३