काठमाडौँ । दोल्ती पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । साउन ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साउन २२ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।
खासगरी कम्पनीको हाल चुक्ता पूँजीको १ः१ अनुपातमा (शतप्रतिशत) हकप्रद सेयर निष्काशन गरी अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने गरी प्रबन्धपत्रको दफा ६ मा संशोधन गर्ने विशेष प्रस्तावमाथि सम्बन्धमा छलफल हुने छ ।
कम्पनीले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत् केन्द्र सञ्चालनमा छ ।