विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हिमालयन हाइड्रो पावर कम्पनीको सेयर आवेदन अवधि थप भएको छ । कम्पनीले कास्कीको मोदी खोलामा निर्माण सम्पन्न १२ मेगावाटको नामार्जुन मादी जलविद्युत  आयोजना प्रभावित स्थानीयका लागि खुल्ला गरेको सेयर आवेदन अवधि थप भएको हो । 

कम्पनीले प्रभावित स्थानीयका लागि गत बैशाख २५ गतेदेखि सेयर आवेदन खुल्ला गरेको थियो । कम्पनीले सय रुपैयाँ अंकित ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सेयर निष्कासन गरेको छ । 

कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नम्बर १,२,३,४,६ र ७ का सम्पूर्ण स्थानीय बासिन्दाका लागि सेयर निष्कासन गरिएको छ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आईएमई क्यापीटललाई बिक्री प्रबन्धक तोकिएको छ । स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाड पछि दोस्रो चरणमा सर्वसाधरणका लागि निष्कासन गरिनेछ ।  कम्पनीको कास्कीमा १२ मेगावाटको मोदी जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेकाे छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit