विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभामा ४.५ मेगावाटको हेवा खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको बरुण हाइड्रो पावर कम्पनी लिमिटेडको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार कम्पनीको नाफा घटेको देखिएको हो । 

कम्पनीले पहिलो त्रैमासमा ८८ लाख ८२ हजार १ सय ६ रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको तुलनामा नाफा घटेको हो । गत वर्ष ९९ लाख ६४ हजार ६ सय ६० रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको नाफा घटेपनि विद्युत बिक्रीबाट हुने आम्दानी भने बढेको विवरणमा उल्लेख छ । कम्पनीले यो अवधिमा विद्युत बिक्रीबाट ३८ करोड ३५ लाख ७ हजार ४ सय ४३ रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यही समयवधिमा ३२ करोड ४४ लाख ९ हजार ३ सय ८ रुपैयाँ आम्दानी गरेको थियो । 

४.५ मेगावाटको हेवा खोला जलविद्युत आयोजनाले २०६८ साउन २१ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit