विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी लामोसाँघु–काभ्रे/रामेछाप प्रसारण लाइन आयोजना निर्माण गर्ने भएकाे छ । प्राधिकरण लाइन निर्माण अघि बढाउन सरोकारवालासँग राय/सुझाव माग गरेको छ । प्राधिकरणले आयोजना निर्माण गर्दा पर्न सक्ने वातावरणीय प्रभावका सम्बन्धमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको हो ।

सम्बन्धित सरोकारवालालाई आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको वातावरणमा पर्न सक्ने प्रतिकुल प्रभावका सम्बन्धमा लिखित राय/सुझाव माग गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो क्षेत्रको नगरपालिका, गाउँपालिका, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला त्यक्ति वा संस्थासँग लिखित रायसुझाव माग गरिएको छ ।

प्रभावितले आगामी एकसाताभित्र प्राधिकरणको कार्यलय वा परामर्शदाता सिदार्थ इन्भाएरोमेन्टल सर्भिसको कार्यालयमा प्राप्त हुने राय सुझाव  पठाउनुपर्नेछ । यो लाइनको प्रतिवेदन यसअघि नै स्वीकृत भएपनि उक्त आयोजना कार्यान्वयनका क्रममा कटान गर्नुपर्ने रुख सङख्या तथा वन क्षेत्रमा फरक पर्नुका साथै लाइनको केही खण्डहरूमा स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनभन्दा फरक पर्ने भएकोले यस आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण गरिएको हो ।

प्रसारण लाइन सिन्धुपाल्चोक जिल्लाको (लिसांखुपाखर गाउँपालिका, सुनकोशी गाउँपालिका) काभ्रेपाञ्चोक जिल्लाको (चौरीदेउराली गाउँपालिका) तथा रामेछाप जिल्लाको (दोरम्बा गाउँपालिका, खाडादेवी गाउँपालिका र सुनापाति गाउँपालिका) सम्म निर्माण हुने प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ । आयोजना निर्माण गर्दा सिन्धुपाल्चोक, काभ्रेपञ्चोक र रामेछाप गरी १२ वटा स्थानीय तहहरुमा प्रभावित हुनेछ ।

प्रसारण लाइन सिन्धुपाल्चोक देखि काभ्रेपञ्चोक हुँदै रामेछापसम्म करिब  ३८.२६७ किलोमिटर लामो हुनेछ । यो प्रसारण लाइन निर्माण गदर्खा १२९ वटा टावरहरु खडा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३