विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कर्णाली प्रदेशको डोल्पामा पहिचान भएको १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशय जलविद्युत आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अगुवाईमा ४ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने तय भएको छ ।

विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको विद्युतको खरिद दर निर्धारण गर्न बुधबार (चैत ८ गते) आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा आयोजना प्रमुख सञ्जय सापकोटाले बैंक तथा वित्तीय संस्थाहरूले आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाइसकेको बताएका हुन् ।

जगदुल्ला हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको आयोजनामा बैंक तथा वित्तीय संस्थाबाट हुने ऋण लगानी व्यवस्थापनका लागि एक महिनाभित्र सम्झौता हुने सापकोटाले बताए । कार्यक्रममा आयोजनाको प्रस्तुती दिँदै सापकाेटाले निफ्राको अगुवाईमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभपलमेन्ट कम्पनी (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष र नबिल बैंकले ऋण लगानी गर्ने सहमति गरीसकेको बताएका हुन् ।

‘बैक तथा वित्तीय संस्थाले कूल लगानीको ७० प्रतिशत अर्थात १६ अर्ब ९२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता प्राप्त भएको छ’, उनले भने ‘ बाँकी ७ अर्ब २५ करोड रुपैयाँ स्वपुँजी जुटाइनेछ ।’ आयोजना सम्पन्न गर्न २४ अर्ब १७ करोड ४८ लाख ९२ हजार रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ ।

आयोजनाको निर्माण आगामी आर्थिक वर्ष (२०८०/८१) देखि निर्माण सुरु गर्नेलक्ष्यका काम भइरहेको छ । अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक खोल्ने कार्य भइरहेको छ । पहुँचमार्ग पूरा हुनेलगतै आयोजनाको सिभिल संरचनाको काम सुरु हुनेछ ।

आयोजनाको विस्तृत इन्जिनियररिङ अध्ययन पूरा प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । आयोजनाका लागि आवश्यक जग्गा मध्ये पहिलो चरणमा २६० रोपनी जग्गा तथा १४ वटा घर टहराको अधिग्रहण कार्य सम्पन्न गरी सम्बन्धित जग्गा धनीलाई मुआब्जा वितरण भइसकेको सापकोटाले बताए ।

दोस्रो चरणका लागि ५० रोपनी जग्गा अधिग्रहण गर्न मुआब्जा दर निर्धारण भई वितरणको क्रममा रहेको छ । वातावरणीय अध्ययन कार्य अन्तर्गत टिओआर तथा स्कोपिङ मस्यौदा स्वीकृत भई सार्वजनिक सुनुवाई गरी अन्तिम प्रतिवेदन विद्युत विकास विभागमा  पेश गरिएको छ । यो  प्रतिवेदन स्वीकृत हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको निर्माण २०८६ भित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । वर्षायाममा ४३०.२३ गिगावाट घन्टा र हिउँदयाममा १९३.२४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । यही कम्पनीले ८२.३ मेगावाटको जगदुल्ला ‘ए’ को काम पघि अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit