विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुपर बागमती हाइड्रो पावर कम्पनीले बागमती नदीमा ४१.८६ मेगावाटको जलविदुत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले बागमतीको पानी उपयोग हुने गरी सुपर तल्लो बागमती जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।

आयोजना निर्माण गर्न अध्ययन पूरा गरी उत्पादन अनुमतिपत्रका लागि विद्युत विकास विभागमा आवेदन दिएको कम्पनीका निर्देशक कविन महर्जनले बताए । उनका अनुसार बागमतीको पानीको मुख्य स्रोत तथा खानी खोलालगाए सहायक खोलाबाट बगेर आएको पानी उपयोग गरी आयोजना निर्माण गर्न लागिएको छ ।

‘आयोजनाको अध्ययन पूरा भइसकेको छ,’ उनले भने, ‘उत्पादन अनुमतिपत्र लिन विभागमा आवेदन दिएका छौं । अनुमतिपत्र पाएपछि वित्तीय स्रोत जुटाएर आयोजनाको संरचना निर्माणको काम अघि बढाउँछौं ।’ उनले संरचनाको काम सुरु गरेको ५ वर्षमा निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताए ।

आयोजना नजिकै सडक पूर्वाधार पुगिसकेकाले पहुँचमार्ग बनाउन नपर्ने पनि उनले बताए । आयोजनाको बाँध ललितपुर जिल्लामा रहने गरी डिजाइन तयार पारिएको छ । 

आयोजनाको साढे ६ किलोमिटर मुख्य सुरङसहित ८ किलोमिटरभन्दा बढी जलमार्ग रहने महर्जनले बताए । विद्युत गृह भने मकवानपुरमा रहनेछ । आयोजना सम्पन्न गर्न करिब साढे ८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजना पूरा भएपछि वार्षिक २४३ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत २८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको चन्द्रनिगाहापुर सवस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । 

२०७४ मा अध्ययन अनुमतिपत्र पाएको आयोजनाले अध्ययनको सबै काम सकेर आयोजना निर्माणको चरणमा पुगेको हो । यही खोलामा माण्डु हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको २२ मेगावाटको बागमती  जलविद्युत आयोजना सञ्चालनमा छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit