विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत ६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल (सिडेन) भित्र राजनीतिक हस्तक्षेप, गुटबन्दी र सिन्डिकेट व्यप्त रहेको भन्दै यसलाई चिर्न अध्यक्षको प्रत्याशी बनेका इन्जिनियर गोपालप्रसाद निउरेले उमेद्वारी फिर्ता लिएका छन् । के कस्ता कारण वा दबाबका कारण उमेद्वारी फिर्ता लिएको भन्ने विषयमा भने उनले केही खुलाएका छैनन् ।

केही दिन अगाडि उमेद्वारी दिएर एकाएक पछाडि हट्नुमा के बाध्यता आइलाग्यो भन्ने ऊर्जा खबरको जिज्ञासामा उनले भने, ‘संस्थाभित्रै केही विषय व्यवस्थापन गरेर जानुपर्ने परिस्थिति देखियो तर मैले उठाएका मुद्दाहरू पन्छाएर मैदान छोडेको भन्ने अर्थ होइन ।’

यही जेठ १३ गते हुने सिडेनको निर्वाचनमा अध्यक्षको उमेद्वारी दिएका निउरेले ८० भन्दा बढी जलविद्युत आयोजनामा ‘टिम लिडर’को जिम्मेवारी सम्हालिसकेका छन् । युनिट्स इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका छन् ।

नेपाली काँग्रेस निकट मानिने सिडेनको अध्यक्षमा निउरे सहित इन्जिनियरहरू त्रय चेतनाथ पाण्डे, लक्ष्मण केसी र प्रमोद दवाडीले उमेद्वारी दिएका थिए । तर, अहिले निउरे बाहिरिएपछि ३ उमेद्वारको प्रतिस्पर्धा हुने भएको छ ।

पाण्डे काँग्रेस सभापति शेरबहादुर देउवा, केसी शेखर कोइराला र दवाडी महामन्त्री गगन थापाका उमेद्वारको रूपमा अगाडि बढेको बताइएको छ । सिडेनको सातौं कार्यकारिणी समितिको निर्वाचनका लागि अध्यक्षमा ३, उपाध्यक्षमा ३, महासचिवमा ३, उपमहासचिवमा ३, कोषाध्यक्षमा ३ र सदस्यहरूमा ३५ जनाले उमेद्वारी दर्ता गराएका छन् ।

याे पनि पढ्नुहाेस्

सिडेनलाई व्यावसायिक र स्वतन्त्र प्राविधिक संस्था बनाउन मैदानमा उत्रिए गोपाल निउरे

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३