विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् नियमन आयोगले आफ्नो कार्यालय सार्न तयारी सुरु गरेको छ । विद्युत् विकास विभागको भवनमा बस्दै आएको आयोगमा नयाँ पदाधिकरी नियुक्तिसँगै कार्यालयका लागि छुट्टै स्थानको खोजी शुरू गरिएको हो । यसका लागि आयोगले आवश्यक मापदण्ड खुलाएर घर भाडामा लिन बोलपत्र आह्वान गरेको छ ।

आयोगका अनुसार बोलपत्रसम्बन्धी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र भाडामा लगाउन इच्छुक घरधनीले सिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ । 
आयोगका अनुसार भाडामा लगाउने प्रस्तावित घर वा फ्ल्याटको क्षेफल ८ हजार देखि ८ हजार ५ सय वर्गफिटको हुनुपर्ने छ । २०७२ सालपछि बनेको भूकम्प प्रतिरोधात्मक मापण्ड पूरा गरेको र आरसीसी पक्की घर हुनुपर्ने छ । त्यस्तै, सिंहदरबाटबार २ किलोमिटरभित्र अस्पताल, पेट्रोल पम्प ग्यारेज र सुरक्षा निकाय रहेको १ किलोमिटरको दूरीभित्र हुनुपर्ने छ । 

२५ वटा चार पाङ्ग्रे र ३० वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्ने हुनुपर्ने मापदण्ड आयोगले तोकेको छ । 

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९४ को उपनियम (४) अनुसार गठित घरभाडा निर्धारण समितिले निर्धारण गरेको दररेटमा मात्र भाडामा लिइने आयोगले सूचनामार्फत जानकारी गराएको छ । 
  
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३