images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा निर्माण गर्न प्रस्तावित उच्च क्षमताका प्रसारण लाइनको अध्ययन अगाडि बढाएको छ । प्रस्तावित लाइनहरूमा ४०० केभी, २२० केभी र १३२ केभी क्षमताका डबल र सिङ्गल सर्किट प्रसारण लाइनहरु रहेका छन् ।

प्रस्तावित प्रसारण लाइन आयोजनाहरूमा ४०० केभीका १५ वटा, २२० केभीका ४ वटा र १३२ केभीका २३ वटा रहेको प्राधिकरणको वार्षिक प्रतिवेदनमा उल्लेख छ । ४०० केभी मध्ये पनि ६ वटा प्राधिकरण र ९ वटा एसियाली विकास बैंक (एडिबी) ले लगानी गरेको एवम् आयोजना व्यवस्थापन निर्देशनालय मार्फत अगाडि बढाइएको छ ।

अध्ययन सम्पन्न भएका २२० केभी क्षमताका ४ प्रसारण लाइनको निर्माण प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङ्टार र गल्छी–रातमाटे, लेखनाथ–दमौली र धौबडी प्रसारण लाइनको अध्ययन सम्पन्न गरी प्रस्तावित प्रसारण लाइन आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको हो ।

यस्तै, प्रस्तावित आयोजनाहरु मध्ये १३२ केभी क्षमताका २३ प्रसारण लाइन आयोजनाको पनि अध्ययन निर्माण प्रक्रिया अघि बढाएको प्राधिकरणद्धारा प्रेषित ‘प्रसारण÷आयोजना व्यवस्थापन निर्देशनालय’ नामक प्रकाशनमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit