विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिकामा पहिचान भएको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना आगामी माघदेखि निर्माणमा जाने भएको छ । प्रवर्द्धक भिजन हाइड्रो प्रालिले अबको ५ महिनामा आयोजनाको संरचना निर्माणको काम सुरु गर्न लागेको हो ।

आयोजनामा लगानीको जोहो भइसकेकाले अब संरचना निर्माणको काम सुरु गर्ने तयारी भइरहेको कम्पनीका प्रबन्ध निर्देशक शुशील पोखरेलले बताए । ‘अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक बनिरहेको छ । विद्युतको पहुँच पनि पुर्याउँदै छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘आयोजनाकै संरचनाको निर्माण अघि बढाउन अब ५ महिना जति लाग्छ ।’

उनले अहिले भौगोलिक अवस्थाको अध्ययन गर्न विज्ञहरूको टोली आयोजना स्थलमा पुगेको बताए । प्रवर्द्धक कम्पनीले आयोजनाको निर्माण अघि बढाउन विद्युत विकास विभागबाट अध्ययन अनुमतिपत्र लिइसकेको छ ।

आयोजना सम्पन्न गर्न १० अर्ब रुपैयाँ ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा कूल लागतको ७५ प्रतिशत लगानी बैंकहरूले गर्दैछन् । २५ प्रतिशत स्वपुँजी लगानी रहनेछ । ऋण लगानी गर्ने बैंकहरूको टुंगो लागिरहेकाले चाँडै वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर हुने पनि पोखरेलले जानकारी दिए । 

कम्पनीले मसेलियाको सेर्बा दिनामिक इन्टरनेशनल लिमिटेडसँगको सहकार्यमा आयोजनामा लगानी गरेको छ । मलेसियन कम्पनीले आयोजनामा पुँजी लगानी गर्ने तथा अध्ययन, निर्माण, सञ्चालन र मर्मत/संभारमा सहकार्य गर्नेछ ।

कम्पनीले आयोजना निर्माणका लागि ठेक्का आह्वान गर्न टेण्डर डिजाइन, निर्माण अवधिभर आयोजनाको सुपरिवेक्षणलगायत कार्यका लागि हाइड्रो कन्सल्ट इन्जिनियरिङ कम्पनीसँग बुझबार सम्झौता गरेको छ । सम्झौता अनुसार हाइड्रो कन्सल्टले ठेकेदार छनोटका लागि टेन्डरको कागजात तयार गर्नेदेखि निर्माण अवधिभर डिजाइन अनुसार काम भएको छ /छैन भनि सुपरिवेक्षण गर्नेछ ।

धौलागिरि गाउँपालिकाको दोभानमा आयोजनाको बाँध निर्माण हुनेछ । बगर भन्ने स्थानमा विद्युतगृह निर्माण हुने पोखरेलले जानकारी दिए । आयोजना निर्माण सुरु भएको ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजना वार्षिक ३३४ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ ।

आयोजना निर्माण सम्पन्न भई २०८२ साल असोजभित्र विद्युत उत्पादन सुरु गर्ने तालिका छ । आयोजनाले उत्पादन गर्ने विद्युत बनखेत सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युतगृहदेखि बनखेत सबस्टेसनको दुरी १७ किलोमिटर छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit