विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दुई जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रदेश नम्बर १ को ताप्लेजुङ जिल्लामा १५ मेगावाटको माथिल्लो काबेली-२ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।

कम्पनीले आयोजना अघि बढाउन उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । आयोजनाको अध्ययन पूरा भएकोले उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । विभागले कम्पनीको नाममा उत्पादन अनुमतिपत्र जारी गर्न ३५ दिने सूचना जारी गरेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि सूचना प्रकाशन गरेर आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ ।

यो आयोजनाको मूख्य संरचना काबेली खोलाको दायाँ किनारमा पर्दछ । खोलामा बाँध बाँधी ३१५१ मिटर लामो हेडरेस पाइप तथा ४३० मिटर लामो पेनस्टक पाइपमार्फत पानीलाई विद्युतगृहमा पुर्याइनेछ ।

विद्युतगृहमा २ वटा टवाईन जडान हुनेछ । टर्वाइनमा रहेको जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट वार्षिक ८७.४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजनाको काम २०८२ भदौभित्र सम्पन्न गर्ने कम्पनीको योजना छ ।

आयोजनाबाट उत्पादन भएको विद्युत १३२ केभी प्रसारण लाइन मार्फत १० किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको अमरपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

यो कम्पनीले ३ मेगावाटको पिलुवा खोला, ९.८४ मेगावाटको काबेली बी-१ क्यासकेड निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit