images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मनाङ जिल्लाको नासो गाउँपालिकामा पहिचान भएको ४९.९५ मेगावाटको दाना खोला जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौत (पिपिए) सम्पन्न भएको छ । आयोजनाको प्रवर्द्धक लालुपाते हाइड्रो पावर कम्पनी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको हो ।

पिपिएमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष मोहनकुमार डाँगीले हस्ताक्षर गरेका छन् । प्राधिकरणले आयोजनाको विद्युत् हिउँदमा प्रतियुनिट ८.४० र बर्खामा ४.८० रुपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको छ । अहिले आयोजनाको सिभिल संरचना अन्तर्गत आवास तथा पहुँचमार्ग निर्माणको काम तीव्र गतिमा भइरहेको कार्यकारी अध्यक्ष डाँगीले बताए । आयोजनास्थलको लागि विद्युतगृहसम्म जाने बाटो खनिसकेको छ, उनले ऊर्जा खबरसँग भने, ‘अहिले विद्युत्‌देखि इन्टेकसम्मको बाटो खन्ने काम भइरहेको छ ।’ आयोजनाको काम निर्माण तालिका भन्दा ६ महिनाअगावै सम्पन्न गर्ने लक्ष्य राखेकाे पनि उनले जानकारी दिए ।

कूल ९ अर्ब ६८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट वार्षिक ३०२.२७ गिगावाट घण्टा विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ । साथै, यसकाे डिजाइन बहाव ६.०३ घनमिटर प्रतिसेकेण्ड र समग्र हेड ९९६.५० मिटर रहेकाे अध्ययनले देखाएकाे छ । विद्युत् उत्पादनका लागि दाना खोलाको पानी फर्काइ बनाइने बाँधको कूल लम्बाई १६.११ मिटर र उचाई ५ मिटर हुनेछ । अध्ययनअनुसार मुख्य सुरुङ ३२३९ मिटर हुने तथा विद्युत्‌गृह भूमिगत रहने छ ।

प्राधिकरणले आयाेजनाका लागि विद्युत् उत्पादनकाे समय २०८४ कात्तिक २ गते ताेकेकाे छ । आयाेजनाबाट उत्पादित विद्युत २२० केभी प्रसारण लाइनमार्फत ३.५ किलोमिटरको दूरीमा रहेको प्राधिकरणको मनाङ जिल्लाकाे धारापानी सबस्टेसनमा जोडिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit