विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अस्थायी स्वीचयार्ड निर्माण गरी कास्कीस्थित १३ मेगावाटको मद्क्यु खोला जलविद्युत केन्द्रको विद्युत उत्पादन सुचारु गरिने भएको छ । गत असार १ गतेको बाढीले बगाएको स्वीचयार्डको स्थानमा तत्कालका लागि अस्थायी स्वीचयार्ड राखेर साढे २ महिनादेखि बन्द रहेको जलविद्युत केन्द्रको उत्पादन सुचारु गर्ने तयारी गरिएको हो । 

बाढी र पहिरोले सडक सञ्जाल नै बगाएपछि हेलिकप्टरबाट उपकरण तथा निर्माण सामाग्री ढुवानी गरी अस्थायीरूपमा स्वीचयार्ड बनाउन लागिएको प्रवर्द्धक सिक्लेस हाइड्रो पावर कम्पनीका वित्तीय संयोजक निराजन महर्जनले बताए । उनका अनुसार अबको १ सातामा विद्युत उत्पादन सुचारु गराउने तयारी छ ।

‘असारको बाढीले प्रसारण लाइनका टावर र स्वीचयार्डमा ठूलो क्षति गर्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘त्यस क्षेत्रमा वर्षा र बाढी आउने क्रम नरोकिएकाले अहिलेसम्म विद्युतगृह चलाउन सकिएन । अब बिग्रिएका संरचनाको पुनर्निर्माण तथा मर्मत–संभार गरेर उत्पादन सुचारु गर्न काम अघि बढाएका छौं ।’

उनले बर्खाभरीका लागि अस्थायी र हिउँद लागेपछि स्थायीरूपमा स्वीचयार्ड निर्माण गरिने बताए । बाढीले जलविद्युत केन्द्रको विद्युत प्रवाह हुने प्रसारण लाइन तथा स्वीचयार्डमा सबैभन्दा बढी क्षति गरेको थियो । उनले बाढीले क्षतिग्रस्त प्रसारण लाइनका १६ वटा टावरको निर्माण, मर्मत तथा तार तान्ने काम सम्पन्न भइसकेको बताए । 

केही सामाग्री तथा उपकरण भरियाको सहयोगमा जलविद्युतगृह भएको स्थानमा पुर्याइएको छ । असार १ गतेदेखि नै विद्युत उत्पादन बन्द हुँदा ९ करोड रुपैयाँ बढी आम्दानी गुमेको उनले जानकारी दिए ।

‘विद्युतगृह बन्द भएको नै साढे २ महिना भइसक्यो । उत्पादन बन्द हुँदा नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरेर हुने आम्दानी सबै गुमेको छ । स्वीचयार्ड तथा प्रसारण लाइन निर्माण गर्नुपर्दा थप वित्तीय भार पनि थपिएको छ’ उनले भने । जलविद्युत केन्द्रबाट २०७४ चैतदेखि विद्युत उत्पादन सुरु भएको थियो ।

बाढीले संरचनामा क्षति पुर्याउँदा मद्क्यु खोलासँगै मादी बेसिनमा सञ्चालित सबै जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द हुन पुग्यो । २५ मेगावाटको माथिल्लो मादी भने एक सासा अघिबाट सञ्चालनमा आएको छ । १२ मेगावाटको नामार्जुन मादी पनि असार १ गतेदेखि नै बन्द छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit