विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मातृभूमि हाइड्रो पावर डेभलपमेन्ट कम्पनी प्रालिले १३.५ मेगावाटको सिसुवा खोला जलविद्युत आयोजना ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनीले सङखुवासभाको सिलिचोङ गाउँपालिकामा पहिचान भएको आयोजना ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको हो ।

जिल्लाको सिलिचोङ गाउँपालिका वडा नम्बर १ र २ मा अवस्थित सिसुवा र हिनवा खोलाको पानी प्रयोग गरी आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजनाको काम अघि बढाउन अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ । कम्पनीका अनुसार विभागबाट स्वीकृती प्राप्त भए लगतै आयोजनाको काम अघि बढाइनेछ ।  

प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थानमा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा सरोकारवालाहरूले सूचना प्रकाशित भएको ३५ दिन भित्रिमा लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ । 

आयोजनाको सम्पूर्ण संरचनाहरू सिसुवा खोलाको बायाँ किनारमा पर्ने गरी निर्माण गरिनेछ । यस आयोजनाको बाँधक्षेत्र सिसुवा खोला र हिनवा खोलाका सङ्गम स्थलबाट ७०० मिटरमाथि रहनेछ ।

विद्युतगृहको लम्बाई र चौडाई क्रमशः ३६.५० र १५.४० मिटर रहनेछ । विद्युत गृहमा २ वटा पेल्टन होरिजेन्टल एक्सिस टर्वाइन रहनेछन् र प्रत्येकको क्षमता ७२०० किलोवाट रहनेछ । 

आयोजनामा २ वटा ७९५० केभिए को ३ फेज जेनेरेटर जडान गरिनेछ र उक्त जेनेरेटर मार्फत वार्षिक ७९.८८ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । विद्युतगृह नजिकै स्वीचर्याड निर्माण गरिनेछ । आयोजनाबाट उत्पादित विद्युत १३२ केभी प्रसारण लाइन मार्फत १०.५ किलोमिटरको दूरीमा रहेको निर्माणाधीन सितलपाटी सबस्टेसन जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit