विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कर्णाली प्रदेशको सल्यान जिल्लामा विद्युतीकरण तिव्र गतिमा अघि बढेको छ । नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले विद्युत सेवा विस्तार तिव्र गतिमा अघि बढाएको हो ।

जिल्ला अन्तर्गतका १० स्थानीय तहमा विद्युतीकरण विस्तार बढाएको वितरण केन्द्र प्रमुख अशोक लोहनीले बताए । उनका अनुसार गत एक महिनामा १२ वटा ट्रान्सफर्मर चार्ज गरी सेवा विस्तार गरिएको छ ।

‘हिजो (बुधबार) मात्र बाघचौर नगरपालिकाको बडा नम्बर ७ मा विद्युत सेवा विस्तार गरिएको छ,’ उनले ऊर्जाखबरसँग भने, ‘शितलपाटी सबस्टेसनबाट ल्याएको ११ केभी प्रसारण लाइन चार्ज गरि सेवा सुरु गरिएको हो ।’ ४५ किलोमिटर लामो लाइनबाट १ हजार बढी स्थानीय लाभान्वित हुनेछन् ।

यो पालिकामा मात्र गत एक महिनामा ४ वटा ट्रान्सफर्मर चार्ज गरिएको छ । वडा नम्बर ६, ११, १२ र ७ मा ट्रान्सफर्मर चार्ज गरिएको हो । यो पालिका अन्तर्गतका ४५ प्रतिशत बढी जनसंख्याले विद्युत सेवा उपभोग गरिरहेका छन् ।

यस्तै, छत्रेश्वरी र त्रिवेणी गाउँपालिका, बनगाड कुपिण्डे र सारदा नगरपालिकामा ७० देखि ८० प्रतिशत विद्युतीकरण भइसकेको लोहनीले बताए । उनका अनुसार बाँकी, कालीमाटी, कपुरकोट, कुमुख, सिद्वा कुमुख, धर्मा गाउँपालिकामा करिब ४५/५० प्रतिशत विद्युतीकरण विस्तार भएको छ ।

राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा नपुगेको विभिन्न स्थानमा आगामी चैतभित्र थप १० देखि १० वटा ट्रान्सफर्मर चार्ज गरि सेवा सुरु गर्ने तयारी भइरहेको पनि केन्द्रले जनाएका छ । केन्द्रका अनुसार चैतभित्र ४ हजार बढी ग्राहक थपिनेछन् ।

विद्युत सेवा नपुगेको अन्य विभिन्न ठाउँमा पनि पालिकाको सहकार्यमा काम भइरहेको छ । जिल्ला पूर्ण विद्युतीकरण गर्न अझै ३ वर्ष लाग्ने पनि लोहनीले बताए । उनका अनुसार विकट, सवारी नपुग्ने गाउँमा आवश्यक सामाग्री बोकेर लानु  पर्ने भएकोले समय लाग्ने देखिएको हाे ।

अहिले केन्द्र अन्तर्गत १६ हजार ७ सय ग्राहक छन् । केन्द्र अन्तर्गत १० प्रतिशत विद्युत चुहावट भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit