विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशको विभिन्न ठाउँमा पहिचान भएको २३ जलविद्युत आयोजनाले अध्ययन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएका छन । निजी तथा सरकारी निकायले पहिचान गरेको उक्त आयोजनाले अध्ययन अनुमतिका लागि आवेदन दिएका हुन् ।

विभागका अनुसार १२५०.५२१ मेगावाटका आयोजनाले अध्ययन अनुमतिका लागि आवेदन दिएका हुन् । आवेदन दिएका आयोजना मध्ये सबैभन्दा ठुलो ३३४ मेगावाटकोे लेक पम्प स्टोरेज जलविद्युत आयोजना रहेको छ । उक्त आयोजनाको अध्ययन गर्न नेपाल विद्युत प्राधिकरणले २०७९ असोज २८ गते आवेदन दिएको विभागको तथ्यांकमा छ ।

३०० मेगावाटको भेरी-४ स्टोरेज जलविद्युत आयोजनाको अध्ययन अनुमतिका लागि स्प्रिङ हाइड्रो इनर्जी लिमिटेडले गत कात्तिक २ गते आवेदन दिएको हो । यसैगरी, २०० मेगावाटको अप्पर बुढी गण्डकी, ९५ मेगावाटको गिडी स्टोरेज, ९० मेगावाटको सुपर चुवा खोला, २० मेगावाटको तपवान सेती र ६९ मेगावाटको माँकाली सेती जलविद्युत आयोजनाको अध्ययन अनुमतिका लागि आवेदन परेको विभागले जनाएको छ ।

३० मेगावाटको तल्लो उत्तर गंगा खोला, २६ मेगावाटको त्रिशूली गल्छी, ५ मेगावाटको जिल्ली चुम्ली खोला, ४.८ मेगावाटको त्रिवेनी भेरी नदी, ४.८ मेगावाटको तल्लो उत्तर गंगा नदी, ५ मेगावाटको झुम्सा खोला स्टोरेज र  ९.५ तल्लो लिखु क्यास्केड जलविद्युत आयोजनाले पनि अध्ययन अनुमतिका लागि आवेदन दिएका छन ।

९.९ मेगावाटको बलेफी सुनकोसी, ९.६ मेगावाटको अप्पर इखुवा खोला, ४.१ मेगावाटको सुपर सभा खोला, ४.८ मेगावाटको तराप टापु खोला, ४.९९० मेगावाटको मिमिबन खोला, ४.९९० मेगावाटको अप्पर लोती कर्णाली नदी, र ५ मेगावाटको अप्पर तमोर नदी जलविद्युत आयोजनाले अध्ययन अनुमातिका लागि विभागमा आवेदन दिएका छन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit