विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ६० मध्ये ३२ जलविद्युत कम्पनीले पछिल्लो एक वर्षमा ५ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । आर्थिक वर्ष (आव) २०७८/७९ को वित्तीय विवरण अनुसार उक्त परिमाण बराबरको मुनाफा आर्जन गरेका हुन् ।

नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये ५२ कम्पनीले गत आवको वित्तीय विवरण सार्वजनिक गरेका थिए । जसअनुसार ३२ वटा नाफामा र १८ कम्पनीको वित्तीय विवरणमा घाटा देखिएको छ । यस्तै, दुई कम्पनी (हिमालयन पावर पार्टनर र ग्रिन लाइफ हाइड्रो पावर) को वित्तीय विवरणमा आम्दानी हिसाब उल्लेख गरेका छैनन् । उता सोही अवधिमा ८ वटा कम्पनीहरूले कुनै पनि वित्तीय विवरण सार्वजनिक गरेको पाइएको छैन ।

३२ वटा कम्पनीहरूले गत आवमा ५ अर्ब ८ करोड ८२ लाख ४४ हजार ३ सय ४४ रुपैयाँ मुनाफा आर्जन गरेका छन् । यसमध्ये २८ कम्पनीले यो अवधिमा विद्युत बिक्रीबाट १० अर्ब ९ करोड १२ लाख ७० हजार ८ सय ३१ रुपैयाँ आम्दानी गरेको र ४ वटाले यस्तो आम्दानी उल्लेख नगरेको देखिन्छ ।

गत आवमा खुद नाफा कमाएका यी कम्पनीहरूले अघिल्लो आव २०७७/७८ मा पनि ५ अर्ब १० करोड १२ लाख ६ हजार ७ सय ६९ रुपैयाँ मुनाफा आर्जन गरेका थिए । आघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको नाफा घटेको देखिएको छ ।

विवरण सार्वजनिक नगरेका कम्पनीहरूमा बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेड, पिपुल्स पावर कम्पनी, हिमालयन हाइड्रो पावर लिमिटेड, अप्पर हेवा खोला हाइड्रो पावर लिमिटेड, जोशी हाइड्रो पावर डेभलपमेन्ट लिमिटेड, रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनी, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र सयपत्री हाइड्रो पावर कम्पनी छन् ।

घाटामा देखिएका १८ मध्ये ११ कम्पनीले विद्युत बिक्रीबाट आम्दानी गरिरहेको देखाइए पनि तिनको वित्तीय विवरण नोक्सान उल्लेख गरिएको छ । नेशनल हाइड्रो पावर कम्पनी, दिव्यश्वरी हाइड्रो पावर लिमिटेड, छ्याङ्दी हाइड्रो पावर लिमिटेड, पञ्चकन्या माई हाइड्रो पावर लिमिटेड, अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेड, घलेम्दी हाइड्रो पावर लिमिटेड, हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले विद्युत बिक्रीको आम्दानी मात्र उल्लेख गरेका छन् ।

यसैगरी, हिमाल दोलखा हाइड्रो पावर लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, साम्लिङ पावर लिमिटेड, शिवश्री हाइड्रो पावर लिमिटेडले आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेका छन् । यी ११ कम्पनीले गत असारसम्म विद्युत बिक्रीबाट ८ अर्ब ५५ करोड १९ लाख ७२ हजार ३ सय ७२ रुपैयाँ आम्दानी गरेको देखिएको छ ।

रसुवागढी हाइड्रो पावर, सान्जेन जलविद्युत कम्पनी, मध्यभोटेकोसी जलविद्युत कम्पनी, बलेफी हाइड्रो पावर कम्पनी, स्वेतगंगा हाइड्रो पावर कम्पनी, रिभर फल्स पावर लिमिटेड र लिवर्टी इनर्जी कम्पनी लिमिटेडले भने आयोजना निर्माण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३