images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गण्डकी प्रदेशकाे पर्वत जिल्लामा रहेकाे मोदी खोला जलविद्युतको हब बन्दै गएको छ । मोदी बेसीनमा अहिले सञ्चालित, निर्माणधीन र निर्माणमा जाने प्रक्रियामा रहेका २३६ मेगावाटका ९ जलविद्युत आयोजना छन् ।

निर्माण सम्पन्न भइसकेका ३ जलविद्युत आयोजनाबाट अहिले विद्युत उत्पादन भइरहेको छ । यो बेसिनमा सञ्चालनमा आएको सबैभन्दा पहिलो आयोजना हो, १४ मेगावाटको मोदी जलविद्युत केन्द्र । यो आयोजना नेपाल विद्युत प्राधिकरणले २०५७ मा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको थियो ।

यस्तै, युनाइटेड मोदी हाइड्रो पावर कम्पनीले १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी उत्पादन गरिरहेको छ । मोदी इनर्जीले २० मेगावाटको तल्लो मोदी निर्माण पूरा गरी सञ्चालनमा ल्याएको छ ।

यस्तै, १६८ मेगावाटका ५ जलविद्युत आयोजनाले भने अध्ययन पूरा गरेर उत्पादन अनुमति लिएको विद्युत विकास विभागले जनाएको छ । १५.१ मेगावाटको मध्य मोदी, ४२ मेगावाटको माथिलो मोदी–ए, १४ मेगावाटको माथिल्लो मोदी, १०.४ मेगावाटको तल्लो मोदी–२ क्यासकेड र ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनाले उत्पादन अनुमति लिइसकेका छन्।

१५.१ मेगावाटको मध्यमोदी जलविद्युत आयोजनाको काम चौधरी ग्रूप अन्तर्गतको मध्य मोदी हाइड्रो पावर कम्पनीले अन्तिम चरण पुर्याएको छ । २०७२ देखि निर्माण सुरु गरेको आयोजना सम्पन्न गर्न करिब २ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

यस्तै, ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजना निर्माण गर्न लगानी सम्झौता सम्पन्न भइसकेको छ । मोदी जलविद्युत कम्पनीले निर्माण गर्न लागेको आयोजनामा एनएमबी बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले ७० प्रतिशत अर्थात ६ अर्ब ३६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । आयोजना पूरा गर्न ९ अर्ब ८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

यस्तै, प्राधिकरणले १४ मेगावाटको माथिल्लो मोदी निर्माण गरिरहेको छ । तल्लो मोदी–१ प्रवद्र्धक युनाइटेड मोदी हाइड्रो पावर कम्पनीले १०.५ मेगावाटको तल्लो मोदी–२ क्यासकेड निर्माण अघि बढाएको छ ।

८६.५९ मेगावाटको ल्याण्डरुक मोदी जलविद्युत आयोजना निर्माण गर्न अन्नपूर्ण विद्युत विकास कम्पनीले अनुमति पाएको छ । अन्नपूर्ण इनर्जी कम्पनीले यही खोलामा २४.६ मेगावाटको माछापुच्छ्रे मोदी जलविद्युत आयोजनाको अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit