विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० को ९ महिनामा करिब ७ अर्ब रुपैयाँ बराबरको २४५१ वटा विद्युत सवारी साधन आयात भएको छ । गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त विद्युतीय सवारी आयात भएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष यही अवधिको तुलनामा विद्युतीय सवारी साधन आयात बढेको हो । समीक्षा अवधिसम्ममा ६ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ बराबरको २४५१ वटा विद्युतीय सवारी साधन आयात भएको विभागले जनाएको छ । गत वर्ष यो अवधिमा १४७३ विद्युतीय सवारी आयात भएका थिए ।

विभागको तथ्यांक अनुसार अहिले आयात भएकामध्ये सबैभन्दा बढी १०० किलोवाट क्षमताको सवारी छन् । १०० किलोवाट क्षमता भएको २३७९ सवारी आयात भएको विभागको तथ्यांकमा छ । यस्तै, १०० किलोवाटदेखि २०० किलोवाट क्षमता भएको ६५ र २०० किलोवाटदेखि ३०० किलोवाट क्षमता भएको ७ वटा विद्युतीय गाडी आयात भएको विभागले जनाएको छ ।

भारतबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर इभी र महिन्द्राका गाडीहरू आयात भएका छन् । यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका कार, जिप, भ्यान गाडीहरु आयात हुने गरेको छ ।

विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै विद्युतीय सवारी साधन भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट १ सय किलोवाट क्षमताका १७५५ वटा विद्युतीय सवारी आयात भएका छन् ।

भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट १ सय किलोवाट क्षमताका ३८१, दक्षिण कोरियाबाट २४०, र इन्डोनोसियाबाट ३ वटा विद्युतीय सवारी साधान आयात भएका छन् ।

यस्तै, दक्षिण कोरियाबाट १०० देखि २०० किलोवाट क्षमताका २० वटा, चीनबाट ४३, बेलायतबाट २ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चीनबाट २०० देखि ३०० किलोवाट क्षमताका ५ वटा र बेलायतबाट २ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आव २०७८/७९ को बजेटले विद्युतीय सवारीमा अन्तशुल्क खारेज र कर घटाएपछि बिजुली गाडीको आयात र प्रयोग बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit