विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत जतिसक्दो छिट्टो राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल सुरु गरेको छ । प्रसारण लाइन अभावमा निजी क्षेत्रका जलविद्युतबाट उत्पादित विद्युत खेर जान नदिन निर्माणाधीन लाइनको काम तत्काल सम्पन्न गर्न पहल गरेको हो ।

प्रसारण लाइन अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाको विद्युत जोड्न नसकिएको भन्ने सार्वजनिक भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले दोर्दी र ङादी खोलामा निर्माणाधीन जलविद्युत आयोजना र आयोजनाको विद्युत प्रवाहका लागि निर्माणाधीन लाइनको स्थलगत निरीक्षण गरेका थिए ।

टोलीले लमजुङमा निर्माणाधीन १३२ केभी दोर्दी कोरिडोर, ३० मेगावाटको न्यादी जलविद्युत आयोजना, २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लोे दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाको निरिक्षण भ्रमण गरेका थिए ।

आयोजना जतिसक्दो छिट्टो निर्माण सम्पन्न गर्न आग्रह गर्दै घिसिङले प्रसारण लाइनकाे अभावमा विद्युत जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन नदिने बताए । प्राधिकरणले दोर्दी खोलाका जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदीपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन (दोर्दी करिडोर) र कीर्तिपुरमा सबस्टेसन निर्माण सम्पन्न गरेको थियो ।

तर, २०७८ असार १ गते आएको बाढीले आयोजनाका ३३ वटा टावरमध्ये ४ वटा बगाएको थियो । बाढीले निर्माणको अन्तिम चरणमा पुगेका निजी क्षेत्रका जलविद्युत आयोजनाहरुमा पनि ठूलो क्षति पुर्याएको थियो । अहिले बाढीले बगाएका प्रसारण लाइनका ४ वटा टावर र जलविद्युत आयोजनाहरुको पुनः निर्माण भइरहेको छ । ४ वटा टावरमध्ये २ वटाको जग हालिएको, १ वटा खडा गरिएको छ भने दुई वटाको जग हाल्ने काम भइरहेको छ । यो काम वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

‘निर्माण सम्पन्न भइसकेको प्रसारण लाइन बाढीले बगाउँदा जलविद्युत आयोजनाहरुमा ठूलो क्षति पुर्याएको छ’, उनले भने, ‘अहिले प्रसारण लाइन तथा जलविद्युत आयोजनाहरको पुन निर्माण भइरहेको छ, यो काम सम्पन्न गर्न बढीमा दुई महिना लाग्ने देखिएको छ, त्यसैले जलविद्युत आयोजनाहरुको बाँकी काम सक्ने बेलासम्म प्रसारण लाइन पनि तयार हुन्छ ।’

एकले अर्कोलाई आरोप लगाउनेभन्दा पनि सबै पक्ष मिलेर जतिसक्दो छिट्टो काम सम्पन्न गरौं, प्रसारण लाइन छैन भन्दै काममा ढिलाइ नगरौं, ठेकेदारले पनि प्रसारण लाइनको संवेदनशीलतालाई ध्यान दिएर श्रमिक थपि निर्माण तत्काल सम्पन्न गरिदिनु पर्यो ।’

आयोजनाहरुमध्ये दोर्दी–१ जलविद्युत आयोजनाको काम छिट्टै सम्पन्न हुने र माथिल्लो दोर्दी ‘ए’ को केही समय लाग्ने देखिएको घिसिङले बताए । दोर्दी खोला आयोजनाको व्यवस्थापनले सम्पूर्ण परीक्षणहरु सम्पन्न गरी २० दिनभित्रमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी गराए ।

आयोजनाको विद्युत प्रवाहका लागि वैकल्पिक व्यवस्था अन्तर्गत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युतगृहको स्वीचयार्डमा जोडिने छ । यसका लागि उदीपुर–मार्कीचोक (तनहुँ) २२० केभी प्रसारण लाइनअन्तर्गत करिब ६ किलोमिटर तार तान्ने काम भइरहेको छ । ठेकेदारले यो काम वैशाख भित्र सक्ने प्रतिबद्धता जनाएको छ । त्यसपछि स्वीजयार्डसम्म लैजान आवश्यक पर्ने १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ ।

उदीपुर–मार्कीचोक लाइन निर्माण सम्पन्न नभएसम्मका लागि २५ मेगावाट जडित क्षमताको माथिल्लो दोर्दी ‘ए’ र १२ मेगावाटकोे दोर्दी–१ आयोजनाको विद्युत पनि मध्यमर्स्याङीको स्वीचयार्डमै जाडिने छ ।

घिसिङले अहिलेको ऊर्जा संकटको समयमा लाइन अभावमा २७ र १२ मेगावाट विद्युत जोड्न नसक्ने अवस्था आउन दिनुहुँदैन, यसमा मुख्य रुपमा ठेकेदारले गम्भीर भएर काम गर्न ठेकेदारलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit