विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले बडीगाड–बुर्तिवाङ ३३ केभी प्रसारण लाइन ४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । कम्पनीले गण्डकी प्रदेशको बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा निर्माणाधीन भिमखोला साना जलविद्युत आयोजनाको स्वीचयार्डदेखि ढोरपाटन नगरपालिकामा रहेको नेपाल विद्युत प्राधिकरणको बुर्तिवाङ सबस्टेसनसम्मको लाइन भदौभित्र सम्पन्न गर्ने भएको हो ।

भिम खोला साना जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने ७.०६ किलोमिटर लामो लाइन आगामी भदौभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाको अध्ययन पूरा भएकोले निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिइएको छ ।

विभागले कम्पनीको नाममा निर्माण अनुमति जारी गर्ने प्रक्रिया अघि बढाएको छ । विभागले आयोजना निर्माण गर्दा पर्नसक्ने प्रतिुकल असरबारे प्रभावितसँग राय/सुझाव मागेको छ ।

प्रभावित आगामी ३५ दिनभित्र विभाग वा कम्पनीको कार्यालयमा प्राप्त हुने गरी आफ्नो राय/सुझाव पठाउन विभागले आग्रह गरेको छ ।

यो लाइन भिम खोला साना जलविद्युत आयोजनाको ४.९६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण गर्न लागिएको हो । ७.०६ किलोमिटर लामो लाइनमा १७४ वटा टावर निर्माण हुनेछ । लाइन निर्माणका लागि ४.१४३६ हेक्टर जग्गा आवश्यक पर्ने अध्ययनले देखाएको छ । लाइनको सबै काम आगामी ४ महिनाभित्र सम्पन्न हुनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit