विद्युत अपडेट

  • प्राधिकरण : ८८५९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८०२१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २३४१० मे.वा.घन्टा
  • आयात : ७०८६ मे.वा.घन्टा
  • निर्यात : १०८७ मे.वा.घन्टा
  • ट्रिपिङ : १८० मे.वा.घन्टा
  • ऊर्जा माग : ४७५५६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२७३ मे.वा.
२०८३ ब‌ैशाख ११, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका दार्चुला, बझाङ र डोटी जिल्लाका विभिन्न नदी तथा खोलाहरूबाट हालसम्म कुल १७६.९२ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने जोडिएको छ । ऊर्जा उत्पादनको यो तथ्याङ्कमा सरकारी निकाय (नेपाल विद्युत् प्राधिकरण) को तुलनामा निजी प्रवर्द्धककै हिस्सा बढी छ ।

प्राधिकरणका अनुसार दार्चुला जलविद्युत् उत्पादनमा सबैभन्दा अगाडि देखिएको छ । दार्चुलामा मात्रै ५ जलविद्युत् आयोजनाबाट ९६.५ मेगावाट विद्युत् उत्पादन भएको छ । जसमा चमेलिया खोला (३० मेगावाट), नौगडगाड खोला (८.५ मेगावाट), माथिल्लो नौगडगाड (८ मेगावाट), माकरी गाड (१० मेगावाट) र माथिल्लो चमेलिया (४० मेगावाट) छन् । यीमध्ये चमेलिया प्राधिकरणले निर्माण गरेको हो भने अन्य आयोजना अपि पावर लगायत निजी कम्पनीले निर्माण गरेका हुन् ।

दार्चुलामा अपि पावरले मात्रै ५६.५ मेगावाटका तीन आयोजना सञ्चालन गरिरहेको देखिन्छ । यस कम्पनी अर्को २८ मेगावाटको मध्यचमेलिया पनि निर्माण गरिरहेको छ । 

यसैगरी, बझाङमा पनि ४ आयोजना सम्पन्न भएका छन्, जसको कुल क्षमता ७५.५४ मेगावाट रहेको छ । कालंगागाड (१५.३३ मेगावाट), माथिल्लो कालंगागाड (३८.४६ मेगावाट), सानीगाड (१०.७ मेगावाट) र सुनिगाड (११.०५ मेगावाट) छन् । यी आयोजनाले बझाङलाई ऊर्जाको केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्‍याएको देखिन्छ । डोटी जिल्लामा भने २ साना आयोजना सञ्चालनमा छन्, जसमा माथिल्लो गड्डीगाड (१.५५ मेगावाट) र कपाडीगाड (३.३३ मेगावाट) गरी ४.८८ मेगावाट विद्युत् उत्पादन भएको छ ।

लगानीको प्रकृतिलाई हेर्दा कुल १७६.९२ मेगावाटमध्ये निजी क्षेत्रका १० आयोजनाबाट १४६.९२ मेगावाट (करिब ८३ प्रतिशत) विद्युत् उत्पादन भएको छ । सरकारी स्तरबाट भने चमेलियाको ३० मेगावाटमात्र योगदान छ । यी आयोजनाले २०७२ सालदेखि २०८२ सम्म को व्यावसायिक उत्पादन गरेका हुन् । 

सङ्ख्यात्मक हिसाबले थोरै नै भए पनि सुदूरपश्चिमका जिल्लामा भएको जलविद्युत्‌ विकासले स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै देशको समग्र ऊर्जा सुरक्षामा महत्त्वपूर्ण टेवा पुर्‍याइरहेको देखिन्छ । जिल्लागत हिसाबले हेर्दा  दार्चुला (५ आयोजना) मा ९६.५ मेगावाट,  बझाङ (४ आयोजना) मा ७५.५४ मेगावाट र  डोटी (२ आयोजना) ४.८८ मेगावाट उत्पादन भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३