विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सेवा समूह तथा उपसमूहमा कार्यरत २९ कर्मचारीको बढुवा गरेको छ । प्राधिकरण बढुवा सिफारिस समितिकाे मंसिर ९ र १० गते  काे निर्णयअनुसार ज्येष्ठता, कार्यसम्पादन,  कार्यक्षमता मूल्यांकनका आधारमा ती कर्मचारीलाई उपनिर्देशक, उपप्रबन्धक, सहनिर्देशक र प्रबन्धक तहमा बढुवा गरेको हो ।

गत ९ गतेकाे निर्णय अनुसार १२ र १० गतेकाे निर्णयअनुसार १७ कर्मचारीकाे बढुवा गरिएकाे प्राधिकरणले जनाएकाे छ । प्राधिकरणले जेष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा २३ र कार्यक्षमता मूल्यांकनको आधारमा ६ कर्मचारीको बढुवा गरेकाे छ ।

प्राधिकरणका अनुसार १० गतेकाे निर्णयअनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उपनिर्देशक तहमा बासु कलौनी, भरतकुमार खड्का, धनबाहादुर जिसी, प्रमोदकुमार झा, महादेव भट्टराई, देवीमाया दाहाललाई बढुवा गरिएकाे छ । यस्तै, उपप्रबन्धकमा प्रमोदकुमार मिश्र, प्रज्वलमान श्रेष्ठ, अभयप्रसाद न्यौपाने, रामदुलार यादव, गाजेन्द्रकुमार चौधरी, वीरेन्द्रकुमार सिंहलाई बढुवा गरिएकाे छ । कार्य क्षमता मूल्यांकनका आधारमा अनिता बजगाई, सञ्जय कार्की र हरिओम आर्याल उपनिर्देश पदमा बढुवा भएका छन् । उपप्रबन्धकमा उमेशप्रसाद यादव, केशव श्रष्ठ बढुवा भएका छन् ।

यस्तै, ९ गतेकाे निर्णय अनुसार कार्यसम्पादन मूल्यांकनका आधारमा सह निर्देशकमा  जिपानन्द भट्ट, गणेशदत्त भट्ट, गणेशकुमार उप्रेती र प्रबन्धक तहमा पुष्पराज पन्त, रमणराज शर्मा, शशीभुषण, मनोजकुमार यादव, दीपक धिताल, लुनार श्रेष्ठ, आभाश ओझा, विमल गुरुङकाे बढुवा भएकाे छ । कार्यक्षमता मूल्यांकनका आधारमा जितेन्द्रकुमार झाको बढुवा गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit