विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रिभर साइड हाइड्रो इनर्जी प्रालिले ३७.५ मेगावाटको तमोर खोला–५ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले प्रदेश नम्बर १ को ताप्लेजुङमा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

फुत्ताङलुङ गाउँपालिकाको वडा नम्बर ६ मा रहने आयोजनाको अध्ययन पूरा भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अध्ययन पूरा गरेको आयोजनाको उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिइएको छ । विभागले अनुमति प्रदान गर्ने लगतै आयोजनाको काम सुरु गरिनेछ ।

आयोजनाको संरचना खोलामा दायाँ किनारमा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । बाँध क्षेत्रबाट करिब १ हजार ७ सय ८४ मिटर लामो सुरुङमार्फत विद्युत गृहमा पानी पुर्याइनेछ ।

विद्युत गृहमा जडान हुने ३ वटा टर्वाइन मार्फत विद्युत उत्पादन गरिनेछ ।  उत्पादीत विद्युत २६ किलोमिटर दुरीमा रहेको १३२ केभी प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको ढुङगेसाँघु सबस्टेसनमा जोडिनेछ ।

यो आयोजना पूरा भएपछि वार्षिक २१९.६१३ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । वर्खायाममा १५४.६७४ गिगावाट घण्टा र सुख्खा याममा ६४.९३९ गिागावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

आयोजना पूरा गर्न ५ अर्ब ४९ करोड ९२ रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना निर्माण सुरु भएको साढे ४ वर्षमा विद्युत उत्पादन सुरु हुने गरी प्रस्ताव पेश गरिएको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit