विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ८१ मेगावाटको बूढीगण्डकी प्रोक जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गोरखा जिल्लाको चुमनुब्री गाउँपालिमाको वडा नम्बर ४ र ५ भएर बग्ने बूढीगण्डकी नदीमा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो । 

कम्पनीले आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । अहिले निर्माण अघि बढाउन उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागले कम्पनीको नाममा अनुमति जारी गर्नका लागि आयोजना प्रभावित स्थानीय, सरोकारवाला निकायरूसँग राय/सुझाव माग गरेको छ । विभागले आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भएमा ३५ दिनभित्रमा लिखित राय/सुझाव पेश गर्न अनुरोध गरेको छ । 

प्रस्तावित आयोजना नदी प्रवाहीमा आधारित (रन अफ रिभर) प्रकारको आयोजना हो । यस आयोजनाको डिजाइन वहाव ४४.०३ घनमिटर प्रति सेकेन्ड र कुल हेड २११३.१८ मिटर हुने अध्ययनले देखाएको छ । आयोजनाबाट वार्षिक सरलर ४४७.०३ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । 

आयोजनाको मुख्य संरचनाहरु बूढीगण्डकी नदीको दायाँ किनारामा पर्दछन् । बूढीगण्डकी नदीमा बाँध बाँधी खोलाको दायाँपट्टि निर्माण हुने इन्टेक बाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचनाहरु हुँदै भूमिगत विद्युत गृहमा लगिनेछ र तत् पश्चात टेलरेस टनेल मार्फत पुनः बुढी गण्डकी खोलामा पठाइनेछ । 

विद्युत गृहमा ३ वटा भर्टीकल एक्सिस फ्रान्सिस टर्वानहरुमा पानी खसाली सो टर्वानसँग जोडिएको तीनवटा ११ केभीको ३ फेज जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ । उत्पादित विद्युत २२० केभी प्रसारण लाइन मार्फत १५ किलोमिटरको दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको लापाङग् बिहारथोक सब–स्टेसनमा जोडिनेछ । 

आयोजनाबाट २०८५ साल भाद्र २८ गतेदेखि विद्युत उत्पादन गर्ने प्रस्ताव गरिएको छ । आयोजना निर्माण गर्दा भू–क्षय, वायू प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असरा नपर्ने गरी निर्माण गरिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit