विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले २०० मेगावाट विद्युत प्रवाह हुने १६.१३६ किलोमिटर लामो लहान–सुखीपुर प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले सिराह जिल्लाको लहान सबस्टेसदेखि–सुखीपुर सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्न लागको हो ।

प्राधिकरणले आयोजनाको काम अघि बढाउन विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृत प्राप्त हुने लगतै आयोजनाको काम अघि बढाउने जनाइएको छ । प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्र विभगमा वा प्रवर्द्धक कम्पनीमा आइपुग्नेगरी गरी लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ ।

यस प्रसारण लाइन आयोजनाबाट करिब २०० मेगवाटको विद्युत् प्रसारण हुनेछ । १६.१३६ किलोमिटर लम्बाई भएको प्रसारण लाइन आयोजनामा ६२ वटा टावरहरू खडा गरिनेछ । टावरको उचाई अधिकतम ४० मिटर तथा दूरी १५०.९९३ देखि ३९५.९५४ मिटरसम्म हुनेछ ।

आयोजना निर्माणका लागि कुल ३२.९६१ हेक्टर जमिन आवश्यक पर्नेछ, जसमध्ये ६२ वटा टावरहरूका लागि स्थायी रूपमा करिब १.३९५ हेक्टर जग्गा आवश्यक पर्नेछ । प्रसारण लाइनको काम २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit