विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गोरखा र चितवनको सीमामा निर्माण हुने सय मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजनामा लगानी जुटेको छ । ब्यू इनर्जी कम्पनीले निर्माण गर्न लागेको आयोजनामा ऋण लगानी जुटेको हो ।

आयोजनामा नेपाल इनभेष्टमेन्ट बैंकको अगुवाईमा ७ बैंकले ऋण लगानी गर्न प्रतिवद्धता जनाएका छन् । आयोजनाको प्रवद्र्धक कम्पनी र बैंकहरूबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार आयोजनामा नेपाल इनभेष्टमेन्टसहित कुमारी, ग्लोबल आइएमई, एभरेष्ट बैंक, हिमालयन, नेपाल एसबिआई र नबिल बैंकले १२ अर्ब १८ करोड ४९ लाख रुपैयाँ ऋण लगानी गर्दैछन् ।

आयोजना सम्पन्न गर्न कूल १६ अर्ब २४ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा बैंकले गर्ने लगानी ७५ प्रतिशत हो । प्रवद्र्धक कम्पनीले ४ अर्ब ६ करोड १६ लाख रुपैयाँ (२५ प्रतिशत) स्वपुँजी लगानी गर्नेछ ।

यो आयोजना सरफ समूहको लगानीमा निर्माण हुन लागेको हो । लगानी जुटिसकेकाले २०७८ सालको मध्यदेखि आयोजनाको संरचना निर्माणको काम सुरु गरिने कम्पनीका प्रबन्ध निर्देशक बरुण सरफले बताए । उनले आयोजना निर्माणका लागि सिभिल तथा हाइड्रोमेकानिकलतर्फको ठेकेदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भइसककेको छ । निर्माण सुरु भएको ४ वर्षभित्र सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत मार्किचोक सबस्टेसनमा लगेर जोडिनेछ ।

सबस्टेसनसम्म आवश्यक १८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन कम्पनीले निर्माण गर्नेछ । सरफ समूहको २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनामा पनि लगानी छ । यो आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit