तनहुँ । मर्स्याङ्दी जलविद्युत् केन्द्रको बाँध, सुरुङ, विद्युत्गृह लगायतका संरचनाको मर्मत–सम्भार कार्य धमाधम भइरहेको छ । तनहुँको आँबुखैरेनीमा रहेको ६९ मेगावाटको केन्द्रको उत्पादन ठप्प पारेर मर्मत–सम्भार भइरहेको हाे ।
फागुन २ देखि जारी मर्मत कार्य सकेर फागुन २२ गतेबाट केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको कर्मचारी शैलेन्द्र भट्टले जानकारी दिए । ‘कालीगण्डकीलगायतका विभिन्न जलविद्युत् केन्द्रबाट प्राविधिक तथा मजदुर झिकाएर मर्मत कार्य थालिएको हो,’ उनले भने, ‘बालुवा थुप्रिएको बाँध, जीर्ण भएको गेट, सुरुङ तथा विद्युत्गृह जस्ता संरचनाको मर्मत भइरहेको छ ।’
वि.सं. २०४२ देखि सञ्चालन गरिएको मर्स्याङ्दी जलविद्युत् आयोजनाको तीन टर्वाइनबाट ६९ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।