विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बिमा समितिले विभिन्न खालका व्यवसायमा वृद्धि गरेको बिमा शुल्क तत्कालका लागि कार्यान्वयन नगर्ने भएको छ । ऊर्जा तथा निर्माण व्यवसायमा संलग्न व्यक्ति तथा संघ संस्थाको विरोध तथा निरन्तरको आन्दोलनपछि समितिले आफ्नो योजना पुनर्विचार गर्ने भएको हो ।

समितिले जारी गरेको ‘मिनिमम रेट फर नन ट्यारिफ इन्स्योरेन्स बिजनेस’ सम्बन्धी निर्देशिकाले व्यवसायमा प्रतिकूल असर पर्ने भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र निर्माण व्यवसायी महासंघले आन्दोलन गर्दै आएका थिए ।

समिति तथा व्यवसायीबीच सोमबार (बैशाख १२ गते) भएको छलफलपछि तत्कालका लागि निर्देशिका कार्यान्वयन नगर्ने र त्यसलाई संशोधनमा लैजाने विषयमा सहमति भएको इपानले जानकारी दिएको छ । निर्देशिका संशोधन गर्न समितिका कार्यकारी निर्देशक राजरमण पौडेलको संयोजकत्वमा १२ सदस्यीय उपसमिति गठन गरिएको छ ।

समितिलाई आवश्यक अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । सोमबारको सहमतिपछि ऊर्जा तथा निर्माण व्यवसायीले आफ्ना सबैखालका आन्दोलन स्थगित गरेका छन् । यसअघि व्यवसायीहरूले निर्देशिका संशोधन गर्ने निर्णय नभएसम्म आन्दोलन जारी राख्ने र अर्थतन्त्रका गतिविधि ठप्प पार्ने समेतको धम्की दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit