images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण देलखा वितरण केन्द्रले दोलखाको विद्युत सेवा भरपर्दो र गुणस्तर बनाउन पुराना जीर्ण र काठका खम्बा मुक्त बनाउने काम सुरु गरेको छ । जिल्लाभरको पुराना जीर्ण र काठका खम्बा विस्थापित गरी सोही ठाउँमा नयाँ फलामे खम्बा प्रतिस्थापन गर्ने काम सुरु गरेको हो ।

सुरुवाती समयमा विद्युतीकरणका क्रममा सस्ता काठका खम्बा प्रयोग गरेकाले मक्किने र कुहिने समस्याले बेलाबेलामा विद्युतीय दुर्घटना बढ्न थालेपछि त्यसलाई हटाएर दिगो र भरपर्दो फलामको खम्बा प्रयोग गर्न थालेको केन्द्र प्रमुख मेघनाथ ढकालले बताए । उनका अनुसार दोलखा जिल्लाभरीमा करिब ७०० काठका खम्बा छन् ।

‘यस अघि काठमा धेरै खम्बा भए तापनि धेरै जसो हटाइसकिएकाे छ,’ उनले भने ‘अब जिरी र विगु गाउँपालिका क्षेत्रमा अली बढी बाँकी काठका खम्बा छन्, ‘त्यो पनि एक वर्षभित्र हटाउने गरी धमाधम कामहरू भइरहेको छ ।’ काठका खम्बा हटाउनका लागि प्राधिकरणले ठेक्का आव्हान गरी सम्झौता समेत गरेर काम सुरु गरेको हो ।

प्राधिकरणले विद्युत सेवा भरपर्दो र गुणस्तरीय बनाउन लामो र झोलिएका स्थानमा तार तन्काउने र खम्बा थप गर्ने काम पनि  गरिरहेकाे छ । रुख र हाँगाले हावाहुरी चल्दा तारमा छुने र विद्युत सेवा अवरुद्ध हुने हुँदा लाइन वरपरका रुख र हाँगा कटानको काम पनि भइरहेका ढकालले जानकारी दिए ।

विद्युत भरपर्दो बनाउन सिंगटी सबस्टेसन र खिम्ती सबस्टेसनबाट पनि ३३ केभी लाइन जोडिएको छ । केही समयपछि गर्जाङ सबस्टेसनबाट जिरी सबस्टेसनमा समेत विद्युत लाइन जोड्ने गरी काम भइरहेको केन्द्रले जनाएको छ । यसअघि लामोसाँघु सबस्टेसन र ढल्केबरबाट दोलखामा विद्युत वितरण भइरहेकाे थियाे ।

विगतमा लामो दुरीबाट विद्युत वितरण हुँदा बिग्रीने,ट्रिपिङ हुने समस्या थियाे । तर, अहिले छिमेकी जिल्लामा रहेकाे सबस्टेसनबाट बिजुली ल्याएर सेवा विस्तार गर्दा सहज भएकाे छ ।

विद्युतका खर्च कटौती गर्नका लागि ट्रान्सफरमरको अर्थिक सुधार तथा मजबुत लोड सेन्टर बनाउने कार्य पनि तिब्र रुपमा भइरहेको छ । एक वर्षयता दोलखाको विद्युत सेवा देशभरमै उत्कृष्ट रहेको ढकालकाे दाबी छ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit