विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

कास्की (ताङतिङ) । कास्कीको मादी गाउँपालिका ताङतिङ क्षेत्रमा निर्माण भइरहेको ४४ मेगावाटको सुपर मादी जलविद्युत् आयोजनाबाट आगामी चैतभित्र बिजुली उत्पादन हुने भएको छ । आयोजनाको काम अहिले करिब ८० प्रतिशत पूरा भएको छ ।

विश्वव्यापिरूपमा फैलिएको कोरोना महामारी र यसको रोकथाम गर्न सरकारले २०७७ चैतदेखि लकडाउन गरे पनि त्यस अवस्थामा आयोजनाको काम रोकिएको थिएन । प्रतिकूल अवस्थामा समेत निर्माणलाई निरन्तरता दिएको हुँदा निजी क्षेत्रका यही प्रकृति र भूगोलमा निर्माणाधीन अन्य आयोजनाको तुलनामा यसको प्रगति निकै सन्तोषजनक देखिन्छ ।

चालू वर्षको चैतसम्म आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको सुपर मादी हाइड्रो पावर लिमिटेडका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए । ‘हाम्रो विद्युत् उत्पादन गर्नुपर्ने समय आगामीभित्र हो तर कोरोनाका कारण केही काम ढिलो हुन गए,’ उनले ऊर्जा खबरसँग भने, ‘यो वर्षभित्र त हामी सबै काम सकेर बिजुली उत्पादन गर्न सक्छौं ।’

ढुंगानाका अनुसार अहिलेसम्म बाँध तथा हेडवक्र्सको निर्माण ७० प्रतिशत पूरा भएको छ । अबको १० महिनाभित्र बाँकी काम सकिन्छ । यस्तै, बालुवा थिग्रयाउने पोखरी (सेटलिङ बेसिन) ८० प्रतिशत पूरा भएको छ भने सुरुङको काम ७० प्रतिशत सकिएको छ । बाँकी काम अबको ८ महिनाभित्र पूरा गर्ने लक्ष्य छ ।

यसैगरी, सर्ज साफ्ट र विद्युत्गृहको काम क्रमशः ५० र ६० प्रतिशत पूरा भएको छ । जुन, अबको ५–६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । करिब ६ किलोमिटरको मुख्य सुरुङ अब करिब ८ सय मिटरमात्र छिचोलिन बाँकी छ ।

७ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ८ बैंकले ५ अर्ब ७५ करोड २५ लाख रुपैयाँ लगानी गरेका छन् । लगानी गर्ने बैंकहरूमा एनआइसी एसिया, एनसिसी, सनराइज, कुमारी, कृषि विकास, राष्ट्रिय वाणिज्य र प्रभू बैंक छन् । बैंकको लगानीमध्ये अहिलेसम्म ३ अर्ब रुपैयाँ खर्च भएको छ । उता प्रवर्द्धकबाट लगानी भएको स्वपुँजी रकममध्ये १ अर्ब ८० करोड रुपैयाँ खर्ब भएको ढुंगानाले जानकारी दिए ।

बैंकको ऋण र स्वपुँजी गरी कूल लागतमध्ये करिब ६५ प्रतिशत खर्च भइसकेको आयोजनाबाट वार्षिक २४२.६५ गिगावाट घन्टा बिजुली उत्पादन हुन्छ । उत्पादित विद्युत् विद्युत्गृहदेखि ९ किलोमिटर ३३ किलोमिटर प्रसारण लाइन निर्माण गरेर माथिल्लो मादी विद्युत्गृहको नजिकैको सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको सिभिल निर्माण हिमाल हाइड्रो लिमिटेड र परामर्शदाताको जिम्मा सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ कम्पनीले पाएका छन् । सिभिल निर्माणको ठेक्का २०७५ जेठ ७ गते भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit