विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडले १०६ मेगावाटको जगदुल्ला आंशिक जलशाय जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा सरोकारवालासँग राय/सुझाव माग गरेको छ । कम्पनीले  आयोजना निर्माण गर्दा पर्न सक्ने वातावरणीय प्रभावका सम्बन्धमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको हो ।

कर्णाली प्रदेश डोल्पा जिल्लाकाे जगदुल्ला गाउँपाालिका र मड्केचुला गाउँपालिकामा पहिचान भएकाे आयाेजना निर्माण गर्दा स्थानीय क्षेत्रकाे वातारणामा पर्न सक्ने सक्ने प्रतिकुल प्रभावका सम्बन्धमा लिखित राय/सुझाव माग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो क्षेत्रको नगरपालिका, गाउँपालिका, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थासँग लिखित राय/सुझाव माग गरिएको छ ।

प्रभावितले सूचना प्रकासित भएको एक साताभित्र कम्पनीको कार्यलयमा आइपुग्ने गरी राय/सुझाव पठाउनुपर्नेछ । आयोजनाबाट जगदुल्ला गाउँपालिका वार्ड नम्बर १, २, ३, ४, ५, ६ र मुड्केचुला गाउँपालिका वार्ड नम्बर ४, ५, ६, ७, ८ प्रभावित हुनेछ । 

प्रस्तावित आयोजनाका मुख्य संरचनाहरुमा आकस्मिक स्पिल्वे भएको ३ वटा द्वारसहितको २३ मिटर उचाईको बाँध निर्माण गरिनेछ । आयोजनाको ६१३५ मिटर लामो हेडरेस सुरुङ रहेको छ भने जगदुल्ला नदीको विभिन्न खण्ड र सो नदीका सहायक नदीमा १२ वटा बेलिब्रिज र आन्तरिक पहुँच सडकको निर्माण गर्ने प्रस्ताव गरिएको छ । 

आयोजनाबाट ६१५.३२ गिगावाट घण्टा विद्युत उतपादन हुनेछ । सुख्खा मौसममा आफ पिक ऊर्जा ८१.०५ पिक ऊर्जा ११०ं५० गिगावाट घण्टा र वर्षा मौसममा ४२३.७७ गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit