विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पहिचान भएका करिब १२०० मेगावाटका जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् । सरकारी तथा निजी क्षेत्रले अध्ययन पूरा गरेका यी आयोजनाले निर्माण अनुमति लिई आयाेजना अघि बढाएका हुन् ।

विद्युत विकास विभागका अनुसार ३१ वटा जिल्लामा पहिचान भएका ११९४ मेगावाटका आयोजना निर्माणका विभिन्न चरणमा छन् । लुम्बिनी प्रदेशका ६४ मेगावाट, कर्णाली प्रदेशका ९०६ मेगावाट र  सुदुरपश्चिम प्रदेशका २२४ मेगावाटका आयाेजनाले अनुमति लिई आयाेजना निर्माण गरिरहेका छन् ।

लुम्बिनी प्रदेशको अर्घाखाँची, बाँके, बर्दिया, दाङ, गुल्मी, कपिलवस्तु, परासी, पाल्पा, प्युठान, रोल्पा, रुकुम, रुपन्देही जिल्लामा पहिचान भएका ६४ मेगावाटका आयोजनाले उत्पादन अनुमति लिई निर्माण अघि बढाएका हुन् । ५ मेगावाट क्षमतादेखि २५ मेगावाटसम्मका १९ मेगावाटका आयोजना र ५ भन्दा कम क्षमताका ४५ मेगावाटका आयोजनाले उत्पादन अनुमति पाएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, कर्णाली प्रदेशको पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, सुर्खेत, दैलेख र जाजरकोटमा अध्ययन पूरा भएकाे ९०६ मेगावाटका आयोजनाले उत्पादन अनुमति पाएका छन् । १०० मेगावाट क्षमतादेखि ५०० मेगावाटसम्मका ८६० मेगावाटका आयोजना, ५ मेगावाट क्षमतादेखि २५ मेगावाटसम्मका २८ मेगावाटका आयोजना र ५ मेगावाट भन्दा कम क्षमताका १८ मेगावाटका आयोजनाले उत्पादन अनुमति लिई निर्माणको चरणमा छन् ।

यस्तै, सुदुरपश्चिमको दार्चुला, बैतडी, बझाङ, बाजुरा, ढडेलधुरा, डोटी, अछाम, कञ्चनपुर र कैलाली जिल्लामा पहिचान भएका २२४ मेगावाटका आयोजनाले उत्पादन अनुमति लिई निर्माणको कार्यलाइ अघि बढाएका छन् । २५ मेगावाट क्षमतादेखि १०० मेगावाटसम्मका १६३ मेगावाटका आयोजना, ५ मेगावाटदेखि २५ मेगावाट क्षमतासम्मका ४७ मेगावाटका आयोजना र ५ मेगावाट भन्दा कम क्षमताका १४ मेगावाटका आयोजनाले उत्पादन अनुमति पाएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit