विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । ईलामकाे माइ खाेलामा ९.५१ मेगावाटकाे माइबेनी जलविद्युत आयाेजना निर्माण गरेकाे उर्जा डेभलपर प्रालिले प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गर्ने तयारी गरेकाे साधारणा शेयर (आइपिओ) तत्कालका लागि स्थगित गरेकाे छ । काेराेना महामारी तथा अन्य प्रतिकूल परिस्थितिका कारणा सेयर निष्कासन हाललाई राेकिएकाे हाे । कम्पनीले इलामको माई जोगमाई गाउँपालिकामा निर्माण सम्पन्न माइबेनी आयोजनाबाट प्रभावितका लागि २०७८ साउन २२ गतेदेखि सेयर निष्कासनकाे तयारी गरेकाे थियाे ।

इलाममा कोरोना संक्रमण रोक्नका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाका कारण अर्को व्यवस्था नभएसम्मका लागि हाललाई राेकिएकाे कम्पनीले जानकारी दिएकाे छ । उल्लेखित विवरणको आइपीओ प्रभावित क्षेत्रका बासिन्दाप्रति लक्षित भएको र आईपीओ निष्काशन तथा बिक्री कार्य सुचारु गर्न स्थानीयस्तरका बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आउनुपर्ने अवस्था रहेका कारण परिस्थिति सहज भएपछि पुनः सूचना प्रकाशित गरि सेयर जारी गरिने उल्लेख छ ।

कम्पनीले एक सय (१००) रुपैयाँ मूल्य अंकित दरका पाँच लाख (५,००,०००) कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित क्षेत्र ईलामभरिका बासिन्दाहरूका लागि ६० प्रतिशत अर्थात् ३ लाख (३,००,०००) र आयोजनाबाट अतिप्रभावित क्षेत्र ईलाम नगरपालिकाका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिकाका वडानं ४ र ५ का लागि ४० प्रतिशत अर्थात् २ लाख (२,००,०००) कित्ता शेयर निष्काशन गर्नलागेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit