विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले गोरखा जिल्लामा ४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले जिल्लाको चुमनुब्री गाँउपालिकाको वडा नम्बर ५ र ६ पर्ने उक्त आयोजना स्यारखोलाको पानी उपयोग गरी नदी प्रवाहमा आधारित (आरओआर) निर्माण गर्ने भएको हो ।

आयोजनाको मुख्य भौतिक संरचनाहरू स्यारखोलाको दायाँ किनारमा रहने छन् । योजनाका लागि आवश्यक पानी लैजान १५.५ मिटर लामो ८.५ मिटर अग्लो बाँध निर्माण गरिने छ । विद्युत्‌गृहमा १५ मेगावाट क्षताका ३ वटा उत्पादन युनिट हरने छन् । 

आयोजनाबाट  वार्षिक सरदर २५३.१ गिगावाट घण्टा विद्युत ऊर्जा उत्पादन हुनेछ । आयोजनाको मुख्य संरचनाहरू स्यारखोलाको दाँया किनारमा रहनेछन् ।

आयोजनाबाट उत्पादित विद्युत्‌लाई २२० केभी सिङ्गल सर्किट विद्युत् प्रसारण लाइन मार्फत बुढीगण्डकी प्रोक जलविद्युत् आयोजनाको स्वीचिङ्ग स्टेसनमा जोडिने छ । त्यसपछि, बूढीगण्डकी प्रोक, बूढीगण्डकी प्रोक–१ र चुमचेत स्यारखोला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली ७० किलोमिटर लामो एकीकृत २२० केभी डबल सर्किट विद्युत् प्रसारण लाइन मार्फत लापाङ्ग बिहारथोक सबस्टेसनमा जोडिने जानकारी दिएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन तयार भइसकेको आयोजना निर्माण गर्दा उल्लेखनीय वातावरण प्रभाव पर्ने भए ३५ दिनभित्र लिखित राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न आग्रह गर्दै विभागले सोमबार सूचना जारी गरेको छ ।

कम्पनीले आयोजना २०८६ जेठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३