विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युतीय सवारी प्रवर्दन गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सिंहदरबारभित्र ५ वटा चार्जिङ स्टेसन निर्माण प्रत्रिया अगाडी बढाएकाे छ । मन्त्रालयले सिंहदरबारभित्र चार्जिङ स्टेसन निर्माण गरी सञ्चालन गर्नका लागि ठेक्का आह्वान गरेको हो ।

विद्युतीय सरकारी सवारीको सहजताका लागि ऊर्जा मन्त्रालयको वरीपरी ३० किलोवाटको ५ वटा चार्जिङ स्टेसन निर्माण गर्ने प्रक्रिया अगाडी बढाएको मन्त्रालयले जनाएको छ । मन्त्रालय अनुसार स्टेसन निर्माण गर्न इच्छुक निजी तथा सार्वजनिक संस्थासँग आवेदन माग गरिएको छ ।

आइतबार (पुस १० गते) चार्जिङ स्टेसन निर्माणका लागि ठेक्का आह्वान गरेको छ । सुचनाका अनुसार स्वदेशी कम्पनीले मात्रै ठेक्का आवेदन दिन सक्नेछन् । इच्छुकले २४ जनवरी (माघ १० गते) सम्म आवेदन दिन सक्नेछन् । यो स्टेसनमा साना कारहरू मात्रै चार्ज गर्न सकिनेछ । एकदेखि डेढ घन्टामा फुल चार्ज गर्न सकिनेछ ।

पछिल्लो समय विद्युत सवारी साधनको प्रयोग बढ्दै गएको छ । साथै, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रले विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण गरिरहेका छन् ।
विद्युतीय सवारी व्यापारीहरूले पनि आफ्नो गाडीका लागि आवश्यक चार्जिङ स्टेसन निर्माण गरिरहेका छन् । प्राधिकरणले ५१ वटा चार्जिङ स्टेसन निर्माण गरिरहेको छ ।

जसमा १२ वटा सञ्चालनमा आइसकेका छन्, भने ३२ वटा जडान सम्पन्न भइसकेका छन् । बाँकी चार्जिङ स्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।

थप जानकारीका लागि

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit