विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणभित्र केही यस्ता पात्रहरू छन्, जो पद र प्रतिष्ठाभन्दा पनि कार्यसम्पादनलाई आफ्नो परिचय ठान्छन् । तिनै पात्रमध्येका हुन् – इन्जिनियर सुरज दाहाल । हाल प्राधिकरणको ९औँ तहमा कार्यरत दाहालले आफ्नो छोटो कार्यकालमै देखाएको नतिजामुखी कार्यशैलीले उनलाई एक ‘काबिल’ इन्जिनियरको रूपमा स्थापित गरेको छ ।

त्रिशूली जलविद्युत् केन्द्रको प्रमुखको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी मोदी जलविद्युत् कम्पनी लिमिटेडमा सरुवा भएका दाहालको २ महिनाको छोटो अवधिमा केही उल्लेखनीय काम गरेर देखाएका छन् । जुन उनी आफैँका लागि पनि महत्त्पूर्ण रहेको छ । तथापि, छोटो अवधिमै नयाँ जिम्मेवारीमा जानुलाई उनले त्यति सुखद मानेका छैनन् ।

सेती फेवा जलविद्युत् केन्द्र (१.५ मेगावाट) बाट व्यावसायिक यात्रा सुरु गरेका दाहालले ऊर्जा क्षेत्रको व्यवहारिक ज्ञान र प्राविधिक सीप निखार्दै १०.५ मेगावाटको सुनकोसी जलविद्युत् केन्द्रमा दुई वर्षभन्दा बढी समय काम गरे । २०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा आएको भीषण पहिरोले सुनकोसी नदी थुनेर करिब ३ किलोमिटर लामो र ४७ मिटर गहिरो विशाल कृत्रिम ताल बनेको थियो । त्यतिबेला, अरनिको राजमार्ग र जलविद्युत् केन्द्रमा ठूलो क्षति पुगेको थियो । बाढी र पहिरोले तहसनहस पारेको जलविद्युत् केन्द्र पुनर्निर्माण गरी छाटो समयमै सञ्चालनमा ल्याउन उनले केन्द्र प्रमुखको रूपमा विशेष भूमिका खेलेका थिए ।

प्राधिकरणको नीतिगत र प्रशासनिक काममा पनि उत्तिकै दख्खल राख्ने दाहाल लामो समय कार्यकारी निर्देशकको सचिवालयमा बसेर जिम्मेवारी पूरा गरे । त्यस अनुभवले आफूलाई प्रणालीभित्रका चुनौती र अवसर नजिकबाट नियाल्ने अवसर प्रदान गरेको उनी बताउँछन् । तत्कालीन कार्यकारी निर्देशक मनोज सिलवालको पालामा त्रिशूली जलविद्युत् केन्द्रको नेतृत्व सम्हाल्न पुगेका थिए ।

त्रिशूली नेपालको ऐतिहासिक जलविद्युत् केन्द्रमध्ये एक हो तर विभिन्न प्राविधिक समस्या र पुराना मेसिनरीका कारण यसले आफ्नो पूर्ण क्षमतामा उत्पादन दिन सकिरहेको छैन । दाहालले प्रमुखको जिम्मेवारी सम्हालेपछि ८ मेगावाटमा सञ्चालन भइरहेको केन्द्रबाट हाल १७ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको छ । आफ्नो दुई महिने कार्यकालमा त्यति उपलब्धि हासिल गर्न सकिएको उनको भनाइ छ ।

‘उक्त उपलब्धिको हकदार मभन्दा पनि सिङ्गो विद्युत् केन्द्रका इन्जिनियर, कर्मचारी र सहयोगी साथीहरू नै हुन्,’ उनले भने, ‘मलाई त्यस खालको सहयोग नभएको भए काम गर्न सकिँदैन थियो ।’ २४ मेगावाट उत्पादन क्षमताको यो जलविद्युत् केन्द्र आगामी बर्खासम्म पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने अवस्था रहेको उनको भनाइ छ । यसलाई अङ्कको वृद्धि मात्र नभइ प्राधिकरणको उत्पादकत्व वृद्धिमा गरिएको एउटा ठोस योगदान पनि मान्न सकिन्छ ।

जीवन दर्शनलाई गहिराइबाट बुझ्ने दाहाल त्रिशूलीबाट बिदा हुँदै गर्दा केही भावुक पनि देखिए । उनले भनेका छन् – कालचक्रको सिद्धान्त “अन्त : अस्ति प्रारम्भ, प्रारम्भ : अस्ति अंत” (अर्थात्, अन्त्य नै सुरुवात हो र सुरुवात नै अन्त्य) लाई आत्मसात् गर्नुपर्ने हुन्छ । भगवान बुद्धको “सुख भनेको दुःखको विस्तार हो” भने जस्तै “सुरुवात नै अन्त्य हो भन्ने ज्ञात हुँदाहुँदै पनि त्रिशूलीको छोटो समयको जिम्मेवारी अन्त्य भएकोमा पीडा बोध भएको छ, यो पीडाको कारण केवल पद होइन, बरु छोटो समयमा त्यहाँका कर्मचारी र वातावरणसँग बढेको आत्मीयता हो ।”

कुनै पनि नेतृत्व तबमात्र सफल हुन्छ, जब उसलाई तल्लो तहका कर्मचारीको साथ र माथिल्लो तहको विश्वास प्राप्त हुन्छ । दाहालले आफ्नो दुई महिने ‘मिसन’ सफल हुनुको पछाडि केन्द्रका कर्मचारीको अहोरात्र खटाइलाई मुख्य कडी मानेका छन् । साथै, कार्यकारी निर्देशक, उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक तथा निर्देशकज्यूको मार्गनिर्देशनले महत्त्वपूर्ण भूमिका खेलेको उनको निचोड छ ।

‘समय छोटै सही तर लामो समयसम्म प्रभाव पार्न सक्ने कार्यमा होस्टेमा हैँसे गर्दै मलाई साथ दिनुहुने सहयोगी कर्मचारीको साथ नै उपलब्धि हो,’ उनले भने । अहिले त्रिशूलीको केन्द्र प्रमुको जिम्मेवारी लामो समय सुनकोसीमा कार्यरत रहेका कुशल इन्जिनियर हरिशचन्द्र धिताल लिएका छन् ।

दाहाल त्रिशूली जलविद्युत् केन्द्रको जिम्मेवारीलाई बिट मारेर मोदी इनर्जीको नयाँ जिम्मेवारीमा होमिएका छन् । त्यहाँ पनि उनको कार्यकुशलताले नयाँ परिणाम ल्याउने विश्वास गर्न सकिन्छ । उनको कार्यशैलीले पुष्टि गर्छ, काम गर्नका लागि लामो समय होइन, स्पष्ट दृष्टिकोण र दृढ इच्छाशक्ति चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३