विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । देशलाई अँध्यारोबाट उज्यालो युगतर्फ लैजान नेपालका जलविद्युत् आयोजनाहरूको योगदान निकै महत्त्वपूर्ण छ । देशका दूरदराज, कुना कन्दरा र कठिन भूगोलमा निर्माण भएका आयोजनाहरूले यसबाहेक पनि अनेक बहुआयामिक लाभ दिएका छन् । सडक तथा सुरुङमार्गको विस्तार, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, ग्रामीण बजारहरूको विस्तार, सेयरमार्फत स्थानीयवासीको समृद्धि, पर्यावरण संरक्षणजस्ता अनेक लाभ आयोजनाबाट प्राप्त छन् । यसअर्थमा आयोजनाहरूले देशलाई समृद्धिको अर्को उज्यालो युगतर्फ पनि डोहोर्‍याइरहे छन् । यस्तो महत्वपूर्ण आयोजना निर्माण गर्ने अवधारणा ल्याउने, नीति निर्माण गर्ने, योजना–र्कायोजना बनाउने, लगानी गर्ने, कार्यान्वयनमा लाने र पसिना पाेख्ने स्वप्न द्रष्टा, नीति निर्माता, विकासकर्ता, लगानीकर्ता, विषयविज्ञ, इन्जिनियर, प्राविधिक, मजदुर सबैको योगदान सम्मानयाेग्य छ । 

यी विषयको बोध हुन सके मात्र देशमा जलविद्युत् आयोजनाको विकासप्रति प्रत्येक नागरिक गम्भीर बन्न सक्छ । जलविद्युत् आयोजना निर्माणको जटिलता बोध हुन सके मात्र विना अवरोध देशमा जलविुत्‌काे विकास हुन सक्छ । यी यस्तै अभिप्राय राखेर ऊर्जा  खबरकर्मीको ऊर्जाशील टोली फागुन ३ गतेदेखि ६ गतेसम्म जलविद्युत् आयोजनाहरुको स्थलगत अवलोकन भ्रमणमा निस्किएको थियो । 

काठमाडौँदेखि मुग्लिन हुँदै पोखरासम्म पुगेको टोलीले यही भूपरिधिभित्रका सरकारी तथा निजी, साना–ठूला ७ वटा आयोजनाको बाँध क्षेत्रदेखि विद्युत्गृहसम्मको अवलोकन गर्‍याे । ३ फागुनबाट सुरु भएको उक्त ४ दिने स्थलगत अवलोकन भ्रमणका क्रममा नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरिरहेका १४४ मेगावाटको कालिगण्डकी, ७० मेगावाटको मध्य–मर्स्याङदी, ६९ मेगावाटको मर्स्याङ्दी र १.५ मेगावाटको सेती फेवा आयोजनाको स्थलगत अवलोकन गर्‍याे । त्यस्तै, प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना, निजी क्षेत्रले निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला र बुटवल पावर कम्पनीले सञ्चालन गरिहेको ९.६ मेगावाटको आँधी खोला जलविदुत् आयोजनासमेतको अवलाेकन गरेर यी आयोजनाका विविध आयामबारे जानाकरी हासिल गर्‍याे । प्रस्तुत छ, यीनै ७ आयोजनाको स्थलगत अवलोकनका क्रममा लिइएका तस्बिरहरू :

स्याङ्जाकाे बेल्टारीमा निर्मित १४४ मेगावाटको कालिगण्डकी जलविद्युत केन्द्र परीसरमा केन्द्रका इन्जिनियर विनाेद पाण्डे लगायत कर्मचारीसँग ऊर्जा खबर टाेली

स्याङ्जाकाे मिर्मीमा अवस्थित १४४ मेगावाटको कालिगण्डकी ए काे बाँध

स्याङ्जाकाे मिर्मीमा अवस्थित १४४ मेगावाटको कालिगण्डकी ए जलविद्युत केन्द्रका सुपरभाइजर प्रेमप्रसाद भट्टराई

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको क्याम्पमा तल्लाे सेतीका आयाेजना प्रमुख श्यामजी भण्डारी तथा प्रशासन प्रमुख नारायण आचार्यसँग ऊर्जा खबर टाेली

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृह

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृह

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको बाँध क्षेत्रकाे परीसरमा इन्जिनियरहरूसँग ऊर्जा खबर टाेली

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको बाँध क्षेत्र

लमजुङमा निर्मित ७० मेगावाटको मर्स्याङ्दी जलविद्युत् केन्द्र प्रम्रख पवन वस्नेतका साथ ऊर्जा खबर टोली

लमजुङमा निर्मित ७० मेगावाटको  मध्म मर्स्याङ्दी जलविद्युत् केन्द्रकाे स्विचयार्ड

तनहुँमा निर्मित ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् केन्द्र परीसरमा केन्द्रका मेकानिकल इन्जिनियर जगदिश ढुंगाना र स्टाेर प्रमुख तीर्थमान लामाका साथ ऊर्जा खबर टोली

मर्स्याङ्दी जलविद्युत् केन्द्रकाे परीसरभित्र

मर्स्याङ्दी जलविद्युत् केन्द्रकाे परीसरभित्र

कास्कीको मुसेतोडामा निर्माणाधीन २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माणस्थल

कास्कीको मुसेतोडामा निर्माणाधीन २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनाको बाँधस्थल

कास्कीको मुसेतोडामा निर्माणाधीन २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनाकाे सेटलिङ बेसिन

स्याङ्जाको गल्याङमा निर्मित ९.४ मेगावाटको आँधी खोला जलविद्युत् गृह

स्याङ्जाको गल्याङमा निर्मित ९.४ मेगावाटको आँधी खोला जलविद्युत् केन्द्रको भूमिगत २५० मिटर लामाे ठाडाे पेनस्टक पाइप

कास्कीकाे पाेखरा महानगरपालिका वडा नम्बर ३ रहेकाे १.५ मेगावटकाे सेती जलविद्युत् केन्द्रमा, केन्द्र प्रमुख चिरञ्जीवी आचार्यका साथमा ऊर्जा खबर टिम

१.५ मेगावटकाे सेती जलविद्युतगृह

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit