images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका अन्तर्गतको मुख्य सडकमा विद्युत, इन्टरनेट, टेलिफोन लगायतको तारलाई भूमिगत गर्ने काम ५० प्रतिशत सकिएको छ । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले गरिरहेको भूमिगत लाइनको आधा काम सकिएको हो ।

महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य सडक क्षेत्रमा भइरहेको भूमिगत विद्युतीकरणको निरीक्षण गरेकी छन् । अहिले भूमिगत लाइनको काम ५० प्रतिशत सकिएको छ । बाँकी काम यो वर्षभित्र सम्पन्न गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।

भरतपुरमा निर्माणाधीन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्म पहिलो चरणमा काम थालनी गरिएको छ । आयोजनाका अनुसार पहिलो चरणमा ३१३ किलोमिटर सडकमा दुवैतर्फ विद्युतीय तार भूमिगत हुनेछ ।

भरतपुरको भूमिगतको कार्य तीव्र रुपमा अगाडि बढेको आयोजनाका इन्जिनियर आनन्द सुवेदीले बताए । ‘भूमिगत लाइनका लागि विदेशबाट ल्याउनुपर्ने मध्ये  ८० प्रतिशत समान आइसकेकाे छ’, उलने भने, ‘विदेशबाट सामान आइसकेकोले बाँकी काम सहज ढंगबाट अघि बढ्नेछ ।’

भूमिगत विद्युतीय प्रणाली सुरक्षित, भरपर्दो हुने र यसले सहरी सौन्दर्य कायम राख्नसमेत मद्दत पुग्ने भरतपुर वितरण केन्द्र प्रमुख रामु श्रेष्ठले बताए । भरतपुरलाई भूमिगत विद्युतीकरणसँगै सौन्दर्यीकरण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको प्रमुख दाहालले बताइन् । दाहालले विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरणले भरतपुरको सौन्दर्यलाई बढाएर स्मार्ट सिटीका रुपमा विकास गर्न सहयोग पुग्ने बताइन् ।

हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित, भरपर्दो हुने र यसले सहरी सौन्दर्यता कायम राख्नसमेत मद्दत पुग्नेछ । विद्युतीय तारसँगै अप्टिकल फाइबर बिछ्याउने हुँदा इन्टरनेट, दुरसंचार, केबल टेलिभिजन सेवा प्रदायकहरूले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्ने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो । आयोजनाको निर्माणका लागि असोज २०७८ मा टाटा प्रोजेक्ट लिमिटेड भारतसँग १ करोड ६७ लाख अमेरिकी डलर र ४९ करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । यसमध्ये भरतपुरमा क्षेत्रको कामका लागि ७९ लाख ८ हजार डलर र २२ करोड २३ लाख रुपैयाँ खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit