विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोरोना (कोभिड–१९) महामारीले थलिएको ३७ मेगावाटकोे माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाको निर्माण सुचारु भएको छ । चीन गएका कामदार फर्किन नसक्दा ठप्प भएको आयोजनाको निर्माण १४ महिनापछि सुचारु भएको हो ।

२०७६ माघमा चिनियाँ कामदार नयाँ वर्ष मनाउन चीन गएर उतै रोकिँदा आयोजनाको निर्माण ठप्प हुन पुगेको थियो । चीन गएका चिनियाँ ठेकेदार कम्पनीका कामदार कोभिड–१९ विरुद्धको खोप लगाएर फर्किएपछि आयोजनाको निर्माण सुचारु भएको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले बताए ।

‘कामदार चीन पुगेपछि उता लकडाउन भयो । उनीरूलाई देश छोड्न प्रतिबन्ध लागेकाले आउन सकेनन्,’ उनले भने, ‘पछि नेपालमा पनि लकडाउन भयो । यही कारण लामो समय आयोजनाको निर्माण रोकियो । चीन गएका कामदार फर्किन थालेकाले निर्माण सुचारु गरेका हौं ।’ उनले अहिले आयोजनामा ६४ जना चिनियाँ र ८१ जना नेपाली कामदार खटिएको बताए ।

ठेकेदार चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङले अहिले मुख्य सुरुङ, विद्युतगृहलगायतका संरचना निर्माणको कार्य सुचारु गरेको छ । आयोजनाको ४७ प्रतिशत निर्माण पूरा भइसकेको छ । आयोजनाको ३.८ किलोमिटर मुख्य सुरुङमध्ये १.८ किलोमिटर खनिएको छ । विद्युत गृहको पहिलो चरणको खन्ने र सर्पोटको काम क्रमशः ७६ र ३५ प्रतिशत सकिएको छ । 

चीनले भन्सार नाका अझै पूर्णरूपमा खोलिनसकेकाले ठेकेदार कम्पनीले खरिद गरिसकेका, खरिदको आदेश दिएका एवं प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामाग्री ढुवानीमा पनि समस्या भइरहेको उनले बताए । उपकरण तथा सामाग्री आयातमा भइरहेको ढिलाईले पनि निर्माण प्रभावित भइरहेको उनले बताए । उपकरण तथा सामाग्री आयातका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयसहित सम्बन्धित निकायसँग आवश्यक छलफल तथा परामर्श भइरहेको गौतमले जानकारी दिए ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन आयोजना गत फागुन भित्र सम्पनी गरी विद्युत उत्पादन गर्ने लक्ष्य राखी निर्माण सुरु गरिएको थियो । कोभिड–१९ महामारीका कारण १४ महिनासम्म निर्माण ठप्प हुन पुगेकाले यो तालिकामा आयोजना पूरा हुन सकेन ।

नयाँ तालिकाअनुसार अब २०७९ चैतभित्र आयोजना सम्पन्न गरेर विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजना निर्माण गर्न इन्जिनियरिङ, खरिद तथा निर्माण ( इपीसी ) मोडेलमा चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २०७४  माघ २९ गते ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण,जडान तथा संचालन गर्नेछ । 

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको क्यास्केड भएकाले त्रिशूली ३ बीले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्दैन । ३ एको विद्युतगृहबाट निस्किएको पानी आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । ३ एको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङसम्म ल्याउनका लागि आवश्यक पर्ने ‘बक्स कल्भर्ट’ बनाउन सुरु गरिएको छ । 

आयोजनाको प्रवर्द्धक कम्पनी, प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । 

अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण(५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ । 

आयोजनाबाट सुख्खायाममा ( मंसिर १६ देखि जेष्ठ १५ सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको विद्युत गृहबाट करिव ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली ३ बी हब सबस्टेसनमा पुर्याइ राष्ट्रिय प्रसारण लाइन प्रणालीमा प्रवाह गरिने छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit