विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २६, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लामा निर्माणाधीन ६ मेगावाटको माथिल्लो चौँरी खोला साना जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि ३३ केभी प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढेको छ । आयोजनाको प्रवर्द्धक  हिमालयन वाटर रिसोर्सेज एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रसारण लाइन निर्माणको अनुमति पत्रका लागि विद्युत् विकास विभागमा आवेदन दिएसँगै यसको प्रक्रिया अघि बढेको हो ।

जिल्लाको चौँरीदेउराली गाउँपालिका–३ मा रहेको आयोजनाको स्विचयार्डदेखि सोही गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको ३३/११ केभी मदनकुँडारी सबस्टेसनसम्म कुल १.२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्न लागिएको विभागद्वारा जारी सूचनामा जनाइएको छ । यो ३३ हजार भोल्ट क्षमताको सिंगल सर्किट प्रसारण लाइन हुनेछ, जसको माध्यमबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

प्रसारण लाइन निर्माणका लागि कुल २६ वटा स्टील टेलिस्कोपिक पोलहरू जडान गरिने छ । त्यसमा ‘एसिएसआर डग’ कन्डक्टर जडान गरिने भएको छ । प्रसारण लाइनमा प्रयोग गरिने पोलहरूको उचाइ १३ मिटर रहनेछ भने दुई पोलहरूबीचको औसत दूरी २० मिटरदेखि १२६ मिटरसम्म कायम हुनेछ । यस आयोजनाको पोल तथा प्रसारण लाइन निर्माणका लागि आवश्यक पर्ने मार्गाधिकार (राइट अफ वे) र पोल फाउन्डेसनका लागि कुल १.०९२२ हेक्टर स्थायी तथा अस्थायी जग्गा आवश्यक पर्ने देखिएको छ । प्रसारण लाइनको मार्गाधिकार मध्यविन्दुबाट दायाँबायाँ ३/३ मिटर गरी कुल ६ मिटर कायम गरिनेछ ।

कम्पनीले प्रसारण लाइनको निर्माण कार्य सुरु भएको २.५ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ । विभागले यस प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो लिखित राय प्रतिक्रिया विभाग वा प्रवर्द्धक कम्पनीको ठेगानामा पठाउन आह्वान गर्दै शुक्रबार सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३