विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार ११, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नेपालमै पहिलो पटक ३३/११ केभी तथा ८ एमभिए क्षमताको मानवविहीन (अनम्यान्ड) लेटाङ सबस्टेसन सञ्चालनमा ल्याएको छ । विद्युत् वितरण प्रणालीलाई थप आधुनिक, भरपर्दो र स्वचालित बनाउने उद्देश्यले निर्माण गरिएको अटो रिक्लोजर तथा स्काडा प्रविधिमा आधारित उक्त मानवविहीन सबस्टेसन असार ५ गते सफलतापूर्वक चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।

प्राधिकरणको कोशी प्रदेश कार्यालय विराटनगर अन्तर्गत निर्माण गरिएको उक्त सबस्टेसन निर्माण गरिएको हो । यसले वितरण प्रणालीको आधुनिकीकरणमा नयाँ आयाम थपेको प्राधिकरणले उल्लेख गरेको छ ।

प्राधिकरणका अनुसार सबस्टेसनमामा प्रयोग गरिएको प्रमुख उपकरणहरूमा भारतको प्रख्यात बहुराष्ट्रिय कम्पनी सिजी पावर एन्ड इन्डस्ट्रियल सोलुसन्स लिमिटेड (सिजी मेक) द्वारा उत्पादित ‘अटो रिक्लोजर’ तथा ‘सिमेन्स स्काडा सिस्टम’ रहेका छन् । यी उपकरण तथा प्रविधिले दूरस्थ निगरानी तथा नियन्त्रण (रिमोट मोनिटरिङ एन्ड कन्ट्रोल) मार्फत सबस्टेसनको सुरक्षित तथा प्रभावकारी सञ्चालन सुनिश्चित गर्नेछन् ।

सबस्टेसनमा ८ एमभिएको पावर ट्रान्सफर्मर, ३३ केभीका ४ वटा बे (इनकमर, आउटगोइङ, ट्रान्सफर्मर तथा जगेडा) तथा ११ केभीका ५ वटा बे (१ इनकमर, ४ आउटगोइङमध्ये २ जगेडा) स्थापना गरिएको छ । साथै, नियन्त्रण कक्ष तथा कर्मचारी आवाससहितको कार्यालय भवनलगायतका संरचना समेत निर्माण गरिएको छ ।

सबस्टेसन सञ्चालनमा आएपछि वितरण प्रणालीमा रहेका प्राविधिक तथा व्यावसायिक क्षतिमा कमी आउने, भोल्टेज स्तरमा सुधार हुने, अनावश्यक ट्रिपिङ तथा विद्युत् अवरोध न्यून हुने तथा राजस्व सङ्‌कलनमा वृद्धि हुने विश्वास गरिएको छ । साथै, मानवविहीन तथा पूर्ण स्वचालित प्रणाली भएकाले सञ्चालन तथा मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तथा सञ्चालन खर्चमा समेत उल्लेखनीय कमी आउने अपेक्षा प्राधिकरणको छ ।

करिब १० करोड रुपैयाँको लागतमा रहेको आयोजना निर्माणको काम ठेकेदार कम्पनी जय दुर्गे इन्फ्रा इन्जिनियरिङ २०७९ साल वैशाख ६ गतेबाट सुरु गरेको थियो । प्राधिकरण तथा निर्माण कम्पनीका प्राविधिक टोलीहरूको संयुक्त प्रयासबाट आयोजना निर्माण सम्पन्न भएको हो ।

आयोजनाले विद्युत् वितरण प्रणालीलाई थप आधुनिक, स्मार्ट र भरपर्दो बनाउँदै जिल्लाका लेटाङ तथा बेलबारी नगरपालिका क्षेत्रका विद्युत् उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ । साथै यसलाई देशकै विद्युत् वितरण प्रणाली स्वचालन (डिस्ट्रिब्युसन अटोमेसन) को क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

लेटाङ क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज, विद्युत् ट्रिपिङ जस्ता समस्याबारे  स्थानीय उपभोक्ताबाट व्यापक गुनासो आएपछि प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले तत्काल वैकल्पिक व्यवस्था गरी गरी सबस्टेसन निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिएका थिए । सोही अनुसार कोशी प्रादेशिक कार्यालयले विराटचोकदेखि केरौनसम्म निर्माण भएको ३३ केभी लाइन सञ्चालन गरी द्रुत गतिमा उक्त सबस्टेसन सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३