विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । कम्पनीले कार्यक्षेत्र एवम् लगानी विस्तार गरी, पारदर्शिता कायम गर्दै सर्वसाधारणप्रति थप उत्तरदायी बनाउने उद्देश्यअनुसार प्रिमियममा सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणको लागि २ लाख ९७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्ने सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नियुक्त सम्बन्धी सम्झौतापत्रमा चेस्कोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापा र सिद्धार्थ क्यापिटलको तर्फबाट सन्दिप कार्कीले हस्ताक्षर गरे । चिलिमे हाइड्रो पावर कम्पनीको सहायक कम्पनीको रूपमा २०७३ साल असोजमा स्थापना भएको चेस्कोले करिब ७ वर्षदेखि परामर्श सेवा दिँदै आएको छ ।

चेस्को मुख्यतः इन्जिनियरिङसँग सम्बन्धित आयोजनाको पहिचानदेखि लिएर, सुपर भिजन, सञ्चालन  र मर्मतसम्म वा आयोजनाको लागि आवश्यक सम्पूर्ण सेवाहरू प्रदान गर्दै आएको छ । अहिले हाइड्रो पावरसँग सम्बन्धित सम्पूर्ण, हाइड्रोलोजी, जियोलोजी, प्राविधिक अध्ययन, आयोजनाको पहिचान, वातावरणीय अध्ययन लगायतका कामहरू गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit