विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्थानीयले मनकामना इन्जिनियरिङ हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर आवेदन दिन आज अन्तिम दिन हो । कम्पनीले प्रभावित स्थानीयका लागि असार १९ गतेदेखि निष्कासन गरेको सेयर आवेदन अवधि आज (सोमबार) साँझ ५ बजेबाट सकिन लागेको हो । 

जारी पूँजी ८० करोड रकमको १० प्रतिशत अर्थात ८ करोड रकम बराबरको सय रुपैयाँ अंकित ८ लाख कित्ता सेयर आयोजना प्रभावति क्षेत्र दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर ५,६,७, ८, बिगु गाउँपालिका वडा नम्बर ४ र कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रभावित स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न बिओके क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको दोलखा जिल्लामा ५ मेगावाटको घट्टे खोला जलविद्युत आयोजना सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit