विद्युत अपडेट

  • प्राधिकरण : ६३५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९८८१ मे.वा.घन्टा
  • आयात : १३६०६ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३५२११ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १६१६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माया खोला हाइड्रो पावर कम्पनीले २४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले संखुवासभामा निर्माणाधीन १४.९ मेगावाटको माया खोला जलविद्युत आयोजनाको स्थानीयबासी र सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले  प्रतिकित्ता सय रुपैयाँ अंकित २४ करोड रुपैयाँको साधारण सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्ती सम्बन्धी सम्झौतामा कम्पनी र क्यापिटलबीच बिहीबार हस्ताक्षर भएको हो ।

सम्झौतामा कम्पनीका अध्यक्ष विजयमान शेरचन र क्यापिटलकातर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरे । बिक्री प्रबन्धक नियुक्त गरिएकाले केही दिनमै सेयर निष्कासनको अनुमति लिन नेपाल धितोपत्र बोर्डमा आवेदन दिइने कम्पनीले जनाएको छ । 

कम्पनीले निर्माण गरिरहेको आयोजनाको ६० प्रतिशत निर्माण पूरा भएको छ । आयोजनाबाट २०७८ असारदेखि विद्युत उत्पादन गर्ने तालिका छ । तर, कोराना महामारीका कारण आयोजनाको निर्माण प्रभावित हुन पुगेकाले उत्पादन अवधि सर्ने देखिन्छ । 

आयोजनाको बाँध, सुरुङ र विद्युतगृहको निर्माण एकसाथ भइरहेको छ । सबैभन्दा धेरै काम मुख्य सुरुङमा भएको छ । यो आयोजना सम्पन्न गर्न २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको बानेश्वर सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक ३ किलोमिटर प्रसारण लाइन आयोजनाले निर्माण गर्नेछ ।

माया खोला ‘सुपर सिक्स’ अन्तर्गत प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिइएको आयोजना हो । यो आयोजना यसअघि नै केन्द्रीय प्रणालीमा जडान भइसक्नु पर्ने भए पनि कोसी कोरिडोर प्रसारण लाइन निर्माणमा भएको ढिलाईका कारण ढिलो गरी सुरु भएकाले अहिलेसम्म सम्पन्न हुन नसकेको हो । विद्युत खेर जाने अवस्था नआओस भनेर ढिलो गरी सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit